रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाईनलमा आज इङ्ल्याण्ड र क्रोएसिया भिड्दै छन्।
रुसको लुजनिकी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ। विजेता टोलीले उपाधि लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।
इङ्ल्याण्डले सेमिफाईनलमा स्विडेनलाई २–० ले पराजित गरेको थियो। क्रोएसियाले आयोजक रुसलाई टाईब्रेकरमा हराउदै अन्तिम ४ को यात्रा तय गरेको थियो।
यसै सन्दर्भमा विगतका प्रदर्शन र आगामी खेलका बारेमा कुरा गर्ने सेतोपाटी स्टुडियोमा आज खेल पत्रकार विनोद पाण्डे र राष्ट्रिय फुटबल टिमका खेलाडी बिक्रम लामा हामी सँग प्रत्यक्ष हुनुहुन्छ। तपाईँसँग पनि खेलका आगामी रणनीति र विगतका कमजोरीबारे केही प्रश्न भए हामीलाई टिपाउनुहोला या कमेन्ट गर्नुहोला हामी अतिथिसँग तपाईँको प्रश्न राख्नेछौ।
हेर्नुहोस् LIVE