सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
पात्रहरू
१. डेजी— वर्षाको साथी, घर: प्यारिस, उपनाम: डेज
२. अमान्डा— संगीतकी जादुगरनी, घर: क्यालिफोर्निया, उपनाम: अन्ना
३. नेभ— साइबर संसारकी खोजकर्ता, घर: पेरु, उपनाम: ने
४. कविता— फ्यासनकी रानी, घर: थाइल्यान्ड, उपनाम: क्याभ
५. स्टार्ली— कलाकारिताकी देवी, घर: चीन, उपनाम: स्टार
उनीहरू साथी मात्र थिएनन्, दिदीबहिनी जस्तै थिए। उनीहरूले आफूलाई ‘डिएएनकेएस (ड्यान्क्स)’ भन्थे!
सँगै बसेर, हाँसेर, सिकेर र रहस्य सुल्झाउँदै— जापानको अद्भुत रोमाञ्चक यात्रा सुरु हुन्छ।
हराएको टुक्रा
अगस्त महिनाको एक बिहान थियो। मौसम अत्यन्तै आनन्दमय थियो। पाँच जना साथी— डेजी, अमान्डा, नेभी, काभ्या र स्टार्ली अर्थात् ड्यान्क्स तातो तातो कफी पिउँदै बसिरहेका थिए। त्यति बेलै फोनको घण्टी बज्यो र स्टार्ली उठेर फोन उठाउन गइन्। एउटा रहस्यमय आवाज आयो— ‘ढोका खोल। त्यहाँ एउटा पार्सल हुनेछ, त्यसलाई दिउँसो १२:०० बजे खोल।’
स्टार्लीले केही भन्न नपाउँदै फोन काटियो।
ढोका खोल्दा बाहिर साँच्चिकै एउटा पार्सल थियो। ड्यान्क्सले पार्सल वरिपरि घेरिएर के गर्ने भनेर छलफल गर्दै थिए। यही क्रममा उनीहरूले १० बजे कक्षा हुने कुरा बिर्सिए। डेजीले घडी हेरिन्— ९:४० बजिसकेको थियो। उनले जानकारी गराउने बित्तिकै सबैजना हतार-हतार झोला खोज्दै बोक्दै स्कुलतिर दौडिन थाले। अन्त्यमा उनीहरू ठिक समयमा कक्षामा पुगे।
एक मिनेट पनि नबित्दै शिक्षिका शेर्ली कक्षा कोठामा प्रवेश गरिन्। उनले विद्यालयमा केही समस्या आएका कारण आजलाई सबै कक्षा छुट्टी भएको बताइन्। सबै विद्यार्थीहरू आ-आफ्नो घरतिर लागे।
पाँच मित्रहरू पनि तुरुन्तै घर फर्किए। घर पुग्दा पार्सल अझै पहिलेकै अवस्थामा किचन काउन्टरमै थियो। उनीहरू १२ बजेको पर्खाइमा बसिरहे। अन्ततः समय आयो— सबै मिलेर पार्सल उठाए। त्यसको मुनि एउटा खाम थियो। त्यति बेलै फेरि फोन बज्यो। नेभीले फोन उठाइन्। फेरि उही रहस्यमय आवाज आयो— ‘डाउन टाउन १२ औ सडक, १२ नम्बर बिल्डिङ, १२ नम्बर तल्ला।’ त्यसपछि फोन काटियो।
उनीहरूले पहिले खाम खोले। खामको पछाडि लेखिएको थियो— ‘मैले तिमीलाई फेला पार्नु अगाडि मलाई फेला पार।’ त्यसपछि उनीहरूले पार्सल खोले— त्यहाँ एउटा नक्सा थियो जुन इटालीको नक्सा जस्तै देखिन्थ्यो। तर त्यसमा एउटा टुक्रा हराएको थियो। सायद अरू पनि। केही बेर सबै चुपचाप बसिरहे।
अन्त्यमा अमान्डाले भनिन्, ‘१२औँ स्ट्रिट जाने?’
काभ्याले जवाफ दिइन्— ‘हो, तर तयारीसहित।’
अनि उनीहरूले योजना बनाए।
अझै धेरै कुरा
१२औँ बिल्डिङको १२औँ तल्ला
योजना यस्तो थियो— डेजी, नेभी र स्टार्लीले रहस्यमय व्यक्तिलाई भेट्ने र अमान्डा तथा काभ्या टाढाबाट सबै अवलोकन गरी हेरी केही भयो भने प्रहरी बोलाउने। दुइटा नक्कली बन्दुक पनि लिएर उनीहरू त्यहाँ पुगे तर कोही थिएन। फेरि स्टार्लीको फोन बज्यो— ‘पहिलो र दोस्रो टेबल।’ उनीहरू त्यहाँ पुगे। पहिलो टेबलमा खाम र दोस्रो टेबलमा पार्सल थियो। अलमलिँदै सबै चिज लिएर घर आए। घर आइपुग्दा १२ वटा कागजी झोला भेटे।
पहिले खाम खोले— १२ देशको नाम थियो:
संयुक्त राज्य अमेरिका
संयुक्त अधिराज्य
जापान
चीन
भारत
नेपाल
थाइल्यान्ड
दक्षिण कोरिया
ब्राजिल
इटाली
भ्याटिकन सिटी
स्पेन
पछि झोलाहरू खोले— हरेक झोलामा एउटा देशको नाम र त्यस देशसँग सम्बन्धित वस्तु पाइयो। पार्सल खोले— नक्साको अर्को टुक्रा।
त्यति बेलै ढोकामा ठुलो-ठुलो आवाजले ढकढक भयो। ढोका खोल्दा करिब १०-१२ वटा कागजका टुक्राहरू छरिएका भेटिए। सबै जोड्दा १२ टुक्राको एउटा विश्व नक्सा बन्न पुग्यो। सबै देशहरूमध्ये जापानमा गोलो चिन्ह लगाइएको थियो। सानो, सफा अक्षरमा लेखिएको थियो—‘टोकियो नै तिमीहरूले जानुपर्ने ठाउँ हो। १२ दिनभित्र आइपुग, नत्र ढिलो हुन्छ।’
नमस्ते टोकियो!
त्यही क्षण उनीहरूले जापान जाने निर्णय गरे। त्यो पत्रमा केही यस्तो लेखिएको थियो कि जसले डेजीजस्तो साहसी केटीलाई समेत डराउन बाध्य पारेको थियो। भोलिपल्टै उनीहरू टोकियो उडे।
टोकियोमा उत्रिने बित्तिकै पछि फेरि फोन बज्यो— ‘होटेल एल, कोठा नम्बर १२।’ फेरि फोन काटियो।
बाध्य भएर उनीहरू होटेल पुगे। राति १२ बजे ढोकामा जोरले ढक-ढक गर्यो। ढोका खोले— त्यहाँ पनि एउटा खाम। खाममा लेखिएको थियो— ‘मलाई शिकोकुमा भेट।’
सधैँ १२ नम्बरमा अडिएको यो व्यक्तिले किन यति ठाउँ बदलाइरहेको होला? उनीहरू बहुत झन्झटमा परेका थिए तर अन्ततः शिकोकु उडे। त्यो एउटा सुन्दर टापु थियो। विमान उत्रँदै गर्दा उनीहरू धेरै थाकिसकेका थिए।
उनीहरूलाई एउटी अग्ली, दुब्लो युवतीले मुस्कानसहित स्वागत गरी घरमा बस्न प्रस्ताव गरिन्। बाध्य भएर उनीहरू सहमत भए। घर पुगेपछि नेभीले त्यो युवतीको बायाँ हातमा १२ भन्ने ट्याटु देखिन्। उनलाई शंका लाग्यो— यही रहस्यमयी व्यक्ति त होइन? उनले सबै साथीहरूलाई आफ्नो अनुमान बताइन्।
उनीहरूले भोलिपल्ट सोधपुछ गर्ने निर्णय गरे। नेभीले सोझै कुरा गर्न खोजिन्।
‘तिमीले हामीलाई किन बस्न दियौ?’ सोध्दा युवती एक्कासि रोइन र भनिन्— ‘किनकि मलाई तिमीहरूको सहयोग चाहिएको छ।’
हराएकी व्यक्ति
तल्लो तलाबाट आएको आवाज सुनेर सबै साथीहरू हतार-हतार एकै ठाउँमा भेला भए। ती युवती (एमी) ले अन्ततः सबै सत्य बताइन्।
‘तिमीहरू मिस न्यान्सीलाई चिन्छौ? उनी मेरी दिदी हुन्। मसँग यस्तो विषम अवस्थामा तिमीहरूलाई बोलाउन भनेकी पनि उनीले नै हुन्। उनीले एउटा ठुलो कम्पनीको गोप्य सूचना थाहा पाएकी थिइन् र सोही कारण उनलाई अपहरण गरियो। हराउनु अघि उनले लेखेको नोटमा उनले पाँच जना विद्यार्थीको समूह ‘डि.ए.एन.के.एस’लाई सम्झेको आफ्नो डायरीमा सो लेखेकी रहिछन्। त्यसैले मैले तिमीहरूलाई चिनेँ। अनि यो नोट दिएको हो।’
सबैजना नोट वरिपरि बस्न लागे। नोट यस्तो थियो…
(नोटको पहेली व्याख्या आ-आफ्नो तरिकाले गर्न थाले)
अमान्डाले अचानक चिच्याइन्— ‘मैले बुझेँ!’
उनले भनिन्, ‘अङ्ग्रेजी वर्णमालाको १९ औ अक्षरको ‘एस’ हो— त्यसैले व्यक्तिको नाम ‘एस’ बाट सुरु हुन्छ…’
यस्तै गर्दै उनले ‘एस-एच-ई-आर-एल-वाई’ अर्थात् सेर्ली नाम पत्ता लगाए।
‘सेर्ली? यो नाम कहाँ सुनेको जस्तो लाग्छ?’— स्टार्लीले सोधिन्।
‘हाम्रो इतिहास शिक्षिका!’— डेजीले चिच्याइन्।
सबैजना स्तब्ध। सधैँ प्रेमिल जस्तो देखिने सेर्ली नै अपहरणकारी! उनीहरू अचम्ममा परे र अमेरिका फर्किए। आफ्नो गुरुआमा सेर्लीको घर गए। ढोका खुल्ने बित्तिकै माथिबाट आवाज आयो। उनीहरू लगभग (९०%) निश्चित भए। समस्याको हल निस्कियो।
अमान्डा, डेजी, स्टार्लीले गुरुआमाको ध्यान अन्यत्र मोडिदिए र बाँकी दुई जना १२ औँ कोठामा गए— त्यहाँ अँध्यारो कुनामा न्यान्सी बन्धक अवस्थामा थिइन्।
उनीहरूले न्यान्सीलाई बन्धक अवस्थाबाट मुक्त गरे र प्रहरी बोलाए। केही मिनेटपछि प्रहरी आए र सेर्लीलाई पक्राउ गरे। बन्धक मुक्त न्यान्सीले पाँचै बहिनीलाई धन्यवाद दिइन् र उनीहरू घर फर्किए।
(शुभानी ढुंगेल पाठशाला नेपाल फाउन्डेसन, बानेश्वरको कक्षा ६–ए मा अध्ययनरत विद्यार्थी हुन्।)