Setopati ग्लोबल
Subscribe Setopati
आइतबार, कात्तिक २, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी
  • अमेरिका
  • अस्ट्रेलिया
  • युरोप
  • पूर्व एसिया
  • मध्यपूर्व एसिया
  • दक्षिण एसिया
  • अन्य देश

छोरा

अनुराधा पाैडेल

अनुराधा पाैडेल

चार वर्षसम्म काखमा लडिबुडी गरिरहेको छोरोलाई अरुले भन्दा अलि ढिलो स्कूल पठाएकी थिएँ। सानो झोला ढाडमा बोकेको थियो। स्कूल जाने भन्दा बहुतै खुसी थियो उ तर स्कूल गेटमा पुगेपछि थाह पायो उसकी ममी अब दिनभर सँगै हुनुहुन्न। गेटको आधा उता पट्टीबाट आउ आमोद (छोराको नाउँ) भन्दै स्कूल मेडमले एक हात तानिरहनु भएको थियो।

यता म तिर अर्को हात फालेर उ ममे!! ममे!! भनेर चिच्याईरहेको थियो। आमा र छोराको पहिलो बियोगले म पनि सुकसुकाईरहेकी थिएँ। गह्रौ मनले छाडेर आएँ। बेलुका लिन जाँदा थाह भयो रोएर दिन काटेछ बिचराले। स्कूल जाने हरेक दिन बिहान उसलाई तनाब हुन्थ्यो। कम्तीमा एक हप्ता त उसले रोएर बितायो। अरुले जस्तो दुइ बर्षमै दुध छाडेको थिएन। एक्लो बच्चा भएकोले उ सुत्ने बेला खुसुक्क दुध तानि पनि रहन्थ्यो। मैले पनि झर्को मानिन। किनभने दुध पनि आइरहन्थ्यो।

तीन वर्ष पछि फ्रान्स आईयो। त्यसको तिन बर्षमा अर्थात सन् २००८ को मे महिनामा नेपालमा गणतन्त्र आयो। देश छाड्दा द्वन्द थियो। हेर्दा हेर्दै द्वन्दको शान्तिपुर्ण अबतरण भयो। टेलिभिजन र पत्रपत्रिकाहरुका समाचारहरुले भर्खर बिदेशिएका हामीलाई खुब आकर्षित गर्यो। अरुको देश बनाउन होइन हाम्रो आफ्नै देश बनाउनुपर्छ। हामी त बिदेशियौँ तर बच्चालाई बिदेशी नबनाउँ। केहि बर्षमा हामी पनि नेपाल फर्कौँ भनेर श्रीमान श्रीमतीले बहुतै आदर्शबादी निर्णय गर्यौँ। हामीहरुलाई फ्रान्समा सेटल हुन पनि बहुतै कठिन परिरहेको बेला थियो। नेपालमा उसलाई सँरक्षण दिने परिवार पनि थियो। त्यसैले त्यो भयँकर कठोर निर्णयमा म सहभागि भएँ।

बच्चाले जान मानेको थिएन तर एउटा डिजिटल हाते खेलौना किनेर उसलाई फकायौँ। त्यो आदर्शको पागलपनमा परेर तिन बर्षमा उसलाई फेरी नेपाल फर्कायौँ र काठमान्डु कुनोको मल्पी स्कुलमा लगेर भर्ना गर्यौँ। छुट्ने साँझ आमाले छोरो झम्टने र छोरोले आमा झम्टने गर्यौँ। त्यो बहुतै दर्दनाक थियो र ह्दय बिदारक थियो। त्यो बेला साथमै गएका भाइहरुले खिचिदिएका तस्बिरहरु आज पनि हेर्न सक्दिन। त्यो दिन मैले आमा भएर मातृत्व मरेँ। मैले मातृत्वको बलि चढाएँ भन्ने अनुभूती भयो। छुटिन नमानेको छोरोले ममी तपाईको गनाएको लुगा दिनु है मलाई सुँघ्न पर्छ भन्यो। काठमान्डुमा मैल्याएको र पसिनाले भिजेको टि शर्ट छाडिदिएँ। कति समय सुघ्यो थाह भएन। दुई बर्ष पछि उसलाई भेट्दा पनि मेरो उक्त लुगा उसको दराजमा सँरक्षित थियो।

जे सोचेर नेपाल लगिएको थियो त्यो अनुसार नेपालको राजनीतिक बाताबरण अगाडी बढिरहेको थिएन। एकातिर हरेक दिन राजनितिक तनाब, झै झगाडा पोलापोल र खोलोखोल अनि नेताहरु नग्याउने र नागिने क्रम जारी थियो। देश बनाउने कुरो त आउँदै आएन। त्यो गतिहिन अनिश्चितता ले दर्द माथि दर्द थप्यो। नेपालमा रहनुभएका मेरा परिवारका अरु सदस्यलाई थप तनाब हुन थाल्यो। उहाँहरुलाई थप जिम्मेवारी बहन गर्नुपर्ने भयो यतातिर मलाइ परिवारलाई तनाब दिएको थप तनाब हुन थाल्यो। जसको बच्चा देखेपनि आफ्नै लाग्ने हुन थाल्यो। अरुले बच्चा लिएर हिडेको देख्यो कि रोइहाल्ने भएँ।

डिप्रेशनको सँघारमा पुगेपछि परिवार भेट्ने निउँले नेपाल गएँ र यसो उसो नभनिकनै जाँच दिइरहेको छोरो टिपेर खुसुक्कै ल्याएँ। त्यहि बखत दृढ अठोट गरे जुन दिन छोरोले आफु खुसी घर छाड्दैन उ दिन सम्म म उसै सँग रहनेछु।

आफ्नै निर्णयले नेपाल बच्चा पठाएपनि मैले बच्चा भनेको आँगनको फुल मुटुको धड्कन हो उसलाई छुट्टाउने छुट मलाइ छैन भन्ने अनुभुती भयो। मैले पैदा गरेपछि उसको जिम्मेवारी म सँगै रहन्छ। राज्यको राजनितिक गतिबिधि मेरो चाहनामा चल्दैन या म बाहेक दोस्रो ब्यक्तिले मैले पुरा गर्ने कर्तब्य पुरा गर्नैपर्छ भन्ने छैन भन्ने पनि मैले अनुभव गरेँ।

फ्रान्स आएपछि फेरी दुखी हुने पालो बच्चाको थियो। उताको पढाई। यताको पढाई। फेरी उताको पढाई अनि फेरी यताको पढाई। कहिले अँग्रेजी, कहिले फ्रेन्च। तरपनि बढ्दो उमेरको बच्चाले हारेन। पढिरह्यो। सुरु सुरुमा पढाई बिगारिदिनुभयो भनेर गुनासो गर्थ्यो। जब उसले गुनासो गर्थ्यो मलाइ फेरी उसलाई डिजिटल खेलौँना दिएर फकाइ फकाइ नेपाल पठाएर गल्ती गरेको बोध हुन्थ्यो। त्यसो त त्यो गल्ती बोध आज सम्म पनि भइरहन्छ।

शायद नेपालको राजनितिक उतार चढाव सकारात्मक धारमा बगेको हुन्थ्यो भने पनि अलि चयनको स्वास फेर्थेँ होला।

यताको पढाईमा फेरी भिज्यो उ। त्यसको तिन बर्षमा उसले यताको राम्रो नम्बर ल्याएर एसएलसी पास गर्यो। उसको बाँकी शिक्षाका लागि सरकारी निकाय धाउँदा थाह भयो पढ्न चलाख बच्चाहरुका लागि फ्रान्समा बिशेष खालको होस्टेल फ्रान्सेली भाषामा आँतेरना द एक्सेलन्स हुने रहेछ। हामीले निवेदन दियौँ र फाइल सदर पनि भयो। अब उ चौबिसै घन्टा शिक्षकहरुको निगरानीमा रहने भयो। (बच्चा बच्चाहरु बिच बिभेद गरिएको भनेर अचेल यस्तो सेबा बन्द गरेको छ)। फेरी उ होस्टेल बस्न थाल्यो। फेरी पनि रुने दिन आयो। तैपनि हाम्रो भेट सप्ताहन्त र स्कुल छुट्टीका बिदाहरुमा हुन थाल्यो।

सोमबार बिहानै कुहिरोले डम्म मुटु ठिहिराउने अँध्यारो चिसो बिहानीमा छोरोले सुटकेश घिच्याउँदै उ निस्कन्थ्यो। यस्तो बेला कम्ती माया त लाग्थेन बच्चाको।

प्रत्येक सोमबार बिहान उ जाँदा रुन्थे र शुक्रबार छोरो आउंछ भनेर किनमेल गरि बस्थेँ। छोरो बढ्दै गयो पढ्दै गयो। यसरी उसले नेपालको डिप्लोमाको दोस्रो बर्ष सम्मको पढाइ सकायो।

आँखै अगाडि हेर्दा हेर्दै बढेको छोरो बिलकुल हिजोको जस्तो रहेन। हिजोको जस्तो टेक केयर गर्नुपर्ने पनि भएन। तर आमाको मन सँधै सानै देख्ने दिगभ्रमित हुने रहेछ। अरुका बच्चाहरु दौडिरहेछन् आफ्नै बच्चा जस्तो लाग्दोरहेछ। सरक्क टिपेर छातिमा लगाउँ जस्तो हुनेरहेछ।

प्रसँग किन बाँधिरहेछु भने आज देखि फ्रान्समा भयँकर चहल पहल छ। नया शैक्षिक शत्र सुरु हुदैछ। फेरी पनि पढाइ त सकिएको छैन। गाडीभरी शुट्केशहरु खाँदिवरी फेरि हिड्यो। शुरमा पेरिस आसपासमै थियो उसको बसाइ। अब फ्रान्सको अर्कै शहर पुग्दैछ। सुन्दर भविष्यको सपना छ उसको आँखामा। बुबा आमाका नाताले हामीहरु उसको चाहनाको पछि पछि कुदिरहेछौँ। उसको खुसीलाई आत्मसात गरिरहेछौँ।

तर त्यो भित्र कुरो अर्कै कुरापनि लुकेको हुनेरहेछ।

आज हिड्ने बेलामा भन्यो, ‘बाबा ममी मेरो अब स्कुले छु्ट्टी हुन्न। पहिला झैँ शनिवार र आइतबार पनि आउन पाउँदिन। मैले अब काम पनि खोज्नुपर्छ। क्याम्पस पनि जानुपर्छ। बिस्तारै तपाईहरुलाई छाडेर मैले मेरो घर बसाउनुछ। कति समयमा हाम्रो भेट होला म भन्न सक्दिन। धेरै पिर नलिनु है। ’

अब बाँकी पढाई सकिएपछि कुन शहर, कुन ठाउँ र कुन प्रेमिकाले उसलाई तान्ला त्यो क्लियर छैन। तर सँकेत यो छ कि उ बिस्तारै यो घरमा पाहुना बनेर आउनेछ। फुर्सदमा! उसले आफ्नो घरजम गर्नेछ। पहिला पहिला घर आउँदा हप्तादिनभरीको बाबा आमा बाट नपाएको प्रेम बुबा ममीको खाटमा छिरेर सिरकमा लुटुपुटु परेर लिन्थ्यो। छोरो हाम्रो तिर सुतेपछि हामी पनि उसको खाटतिर सर्थ्यौ। अब त्यो पनि छुट्ला।

अब मलाइ उसको लुगा सुघेँर चित्त बुझाउने दिन आएको छ। बिदेशमा भनेर भएन। सँगै बस्ने दिन अब आक्लझुक्कलमा परिणत हुदैछन्।

उसले हामीलाई अब धेरै भेट नहुने भनेपनि उसको कोठा उसका कपडा त जतनले नै राख्ने छौ। मतलब घरमा उसको लागि दैलो त जहिल्यै खुला हुने नै छ। नेपालमा पनि त बुबा ममीका घर हाम्रा लागि खुलै छन्। घरले आउ आउ भनेजस्तो अनुभुती हुन्छ। लुगा कपडा जतन गरेर दराजको कुनामा थन्किएको हुन्छ। हरेक चोटी पुग्दा केहि न केहि थपिएको हुन्छ। कुन मायाले कुन चाड या कुन बेला या कुन उत्सबमा किनिदिन्छन्। छोरी आउली र लाउली भनेर राखिदिएका हुन्छन्। भलै लाउने समय पनि जुट्दैन। अब यता मेरो पालो त्यसैगरी आएको छ।

अहो यसो हेर्दैछु जीवन छोटो पो रहेछ। हेर्दा हेर्दै बच्चाहरु बढ्ने रहेछन्। पखेटा आफै लाग्दा रहेछन्। जाउ भन्नै नपर्ने। दिन आउँदो रहेछ घर छाड्ने। हतारिएर घचेडेर बच्चाहरुलाई धकेल्नै नपर्दो रहेछ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०७५  २०:४३
सिफारिस
ट्राफिक प्रहरी प्रवक्ता भन्छन्-  ड्युटीमा फर्कियौं तर हामीसँग आवश्यक सामग्री नै छैन
ट्राफिक प्रहरी प्रवक्ता भन्छन्- ड्युटीमा फर्कियौं तर हामीसँग आवश्यक सामग्री नै छैन
असन-इन्द्रचोकमा खचाखच ग्राहक (तस्बिरहरू)
असन-इन्द्रचोकमा खचाखच ग्राहक (तस्बिरहरू)
तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्: गृहमन्त्री अर्याल
तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्: गृहमन्त्री अर्याल
२४ घन्टापछि भेटिए धवलागिरि चक्रिय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक
२४ घन्टापछि भेटिए धवलागिरि चक्रिय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक
सरकारले थाल्यो रूग्ण बनेका ५० वटा सडक र पुलका ठेक्का तोड्ने प्रक्रिया
सरकारले थाल्यो रूग्ण बनेका ५० वटा सडक र पुलका ठेक्का तोड्ने प्रक्रिया
गैरकरको न्यूनताले सरकारको आम्दानी छैन ट्रयाकमा
गैरकरको न्यूनताले सरकारको आम्दानी छैन ट्रयाकमा
देउवाका ५ गुण, ५ अवगुण – तराजुको पल्लामा के भारी?
देउवाका ५ गुण, ५ अवगुण – तराजुको पल्लामा के भारी?
हाम्रो बटमलाइन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग लिँदैनौं: मिराज ढुंगाना
हाम्रो बटमलाइन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग लिँदैनौं: मिराज ढुंगाना
भयरहित वातावरण निर्वाचन हुने विश्वास दिलाउन सुरक्षा निकायका प्रमुखहरूलाई राष्ट्रपतिको निर्देशन
भयरहित वातावरण निर्वाचन हुने विश्वास दिलाउन सुरक्षा निकायका प्रमुखहरूलाई राष्ट्रपतिको निर्देशन
प्रतिक्रिया दिनुहोस्
थप

ग्लोबल

फ्रान्समा वामपन्थी गठबन्धनको जित, दक्षिणपन्थी दल तेस्रो

विचार

लेखनाथ पाण्डे
पत्रकारितामा दलीय ऐँजेरू! लेखनाथ पाण्डे
विजयमणि पौडेल
बेलायतको विश्वविद्यालयमा एक महिनाको अनुभव विजयमणि पौडेल
डा. सुशील कोइराला
म जुम्ल्याहा जेनजी छोराको बा डा. सुशील कोइराला
नरहरि आचार्य
अब कांग्रेस नयाँ नेतृत्व चुनेर निर्वाचनमा जानुपर्छ नरहरि आचार्य

ब्लग

निकेश शर्मा
विदेशको बाटोले अलग गरेको प्रेम! निकेश शर्मा
अम्बिका प्रसाद तिमिल्सेना
एसी बसमा आराम साथ चाँडै पुगौंला भन्ने सोचेको तर... अम्बिका प्रसाद तिमिल्सेना
नताशा झा
सुन्दर बाजुराको डरलाग्दो अनुभव! नताशा झा
धिरोज राय
संघर्षदेखि सफलतासम्मको यात्रा! धिरोज राय

साहित्यपाटी

रबिन्द्र के.सी
किन हुन्छ प्रेम विवाहमा पनि यस्तो वैरभाव? रबिन्द्र के.सी
विमल लामिछाने
सारिकाको सिउँदो विमल लामिछाने
राकेश कार्की
ज्यादा कमाउनु मूर्खता हो त! राकेश कार्की
सन्तोष बोहरा
अन्तर त केबल दुरीको हो! सन्तोष बोहरा

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP