धनगढीमा रूखमा झुण्डिएको अवस्थामा एक जना मृत फेला परेका छन्।
धनगढी उपमहानगरपालिका–३ का चटकपुरमा सोही ठाउँका अन्दाजी १८ वर्षीय दीपक राना मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।
उनी शनिबार रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएपछि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।