गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्।
गुल्मीको मालिका गाउँपालिका वडा नम्बर २ दर्लिङमा चट्याङ लागेर ३ जना घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शुक्रबार दिउँसो परेको चट्याङ लागेर ३२ वर्षकी गोमा खड्का, २८ वर्षकी निरू खड्का र २९ वर्षकी विष्णु खड्का घाइते भएका हुन्।
गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारूका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर छ।
घाइतेहरुलाई उपचारका लागि तम्घास अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
त्यस्तै चट्याङ लागेर तीन वटा बाख्रा मरेको प्रहरीले जनाएको छ।