नेपाली सेनाको टोली पर्सा राष्ट्रिय निकुञ्जबाट दुई सय किलो गाँजासहित अन्य विभिन्न विस्फोटक पदार्थ बरामद गरेको छ।
मंगलबार सिद्धिबक्स गणबाट खटिएको टोलीले लालभित्ती शितलपुरस्थित चुरे इलाकाबाट गाँझासहित विस्फोटक पदार्थ बरामद गरेको हो।
बरामद सामानमा भरूवा बन्दुकको गोली ३९ थान, बारूद २ सय ग्राम, बम पटाका १६ थान, गन्धक एक किलो, प्याकिङ भएको सेफ सोली एक थान छन्।
चुरे इलाकामा प्रवेश गरेका छ/सात जना व्यक्ति भने सेनाको टोली देखेपछि फरार भएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।
बरामद गरिएको सामान निकुञ्ज प्रशासनलाई बुझाइएको निर्देशनालयले जनाएको छ।