पछिल्लो २४ घन्टामा देशभर थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार ७८५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
एक हजार ५४६ जनाको पिसिआर र एक २३९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १३९ जना सक्रिय संक्रमित छन्।
सोमबार ९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।