बुधबार नेपाल स्टक एक्चेन्ज (नेप्से) १.६५ अंकले घटेर ११२८.३४ अंकमा पुगेको छ।
बजार खुलेसँगै बढ्ने संकेत देखिए पनि कारोबार सुरु भएको एक घण्टापछि घट्न थालेको थियो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक पनि ०.२५ अंकले घटेर २४८.६७ अंकमा पुगेको छ।
१ सय ६५ कम्पनीको कारोबार भएको आज १० लाख ९७ हजार कित्ता शेयर खरिद बिक्री हुँदा ३० करोड ३७ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज बैंक र टे«डिङ बाहेक अन्य सबै उपसूचकहरु घटेका छन्। टे«डिङ ३२.९९ अंकले बढ्यो भने बैंक ०.५७ अंकले बढ्यो।
सबैभन्दा बढी जीवन बीमाको शेयर ३०.३७, निर्जीवन बीमा २४.२५ र उत्पादन उपसूचक १६.५८ अंकले घटेको छ।
आज सबैभन्दा बढी एनएमबी बैंकको कारोबार भएको छ। एनएमबीको ३ करोड ५४ लाख ९९ हजारको कारोबार भयो।
यस्तै नेपाल बैंक लिमिटेडको २ करोड ६८ लाख तथा नविल बैंकको शेयर २ करोड १८ लाखको कारोबार भयो।
बुधबार सबैभन्दा बढी साल्ट टे«डिङका लगानीकर्ताले कमाए। सबैभन्दा बढी गुमाउनेमा रिडी जलविद्युत विकास कम्पनीका लगानीकर्ता छन्।