मेटलाइफले नयाँ ग्राहक सेवा एप ल्याएको छ।
ग्राहकलाई बीमासम्बन्धी सेवा थप सजिलो बनाउन र आफ्नो बीमा पोलिसी व्यवस्थापन गर्न मेटालाइफले उक्त एप ल्याएको हो।
नयाँ ग्राहक सेवा एपले ग्राहकलाई घरमै बसेर मोबाइलमार्फत मेटलाइफको विभिन्न सेवाहरु लिनसक्ने छन्।
सोमबार मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजी श्रेष्ठले मेटलाइफका कर्मचारीहरु र फिल्ड फोर्सहरुको उपस्थितिमा भर्चुअल कार्यक्रममार्फत सो एपको लंच भएको हो।
एकपटक ग्राहकले यो एपलाई लगइन गरेपछि आफ्नो बीमा पोलिसीको स्थिती, कुल प्रीमियम भुक्तान गरिएकोबारे जानकारी लिन सक्छन्।
साथै भुक्तानी गरिएको प्रीमियम किस्ता, उनीहरूको पोलिसीहरूको विस्तृत प्रिमियम भुक्तान विवरणलगायत जानकारी लिन सक्छन्।
मेटलाइफ नेपालको एपमा सम्पर्क विवरण र ग्राहक सहायताको लागि सोधपुछ फिचर्स पनि समावेश गरिएको छ।
नयाँ बीमा पोलिसी लिन इच्छुक ग्राहकहरूले पनि यो एपबाट मेटलाइफका विभिन्न बीमा उत्पादनहरूका विवरणहरू हेर्न सक्ने बताइएको छ।
ग्राहकहरुले सोधका विवरणको आधारमा मेटलाइफका प्रतिनिधिहरुले ग्राहकहरूलाई सम्पर्क गर्नेछन्।
त्यस एपमा प्रीमियम क्यालकुलेटर पनि समावेश गरिएको छ।
जसअन्तर्गत प्रयोगकर्ताहरूले उनीहरूको बीमा पोलिसी तथा योजनाहरुबारे बुझ्न सक्छन्।
मेटलाइफ नेपाली ग्राहकहरुका लागि डिजिटल क्षमता विस्तार गर्न प्रतिबद्ध रहेको मेटलाइफका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजी श्रेष्ठले बताए।