चितवनको विकट पहाडी गाउँ स्यामराङमा पिँडालु बोक्न खोरियातर्फ जाँदै गरेका चेपाङ बालिका। चेपाङ समुदायमा अझै पनि धेरै बालबालिका विद्यालय जाँदैनन्। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
सानेपास्थित बागमती नदी किनारमा आफ्ना अभिभावकसँग कपडा धुन जाँदै गरेका बालिका। कोरोना संक्रमणदर बढ्दै गएको भन्दै सरकारले विद्यालय बन्द गरेको छ। खाली समयमा उनीहरू अभिभावकलाई काममा सघाउँदै आएका छन्| तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी