यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सिंहदरबार प्रहरी वृत्त अनामनगरमा राखिएको छ।
बालुवाटारस्थित सभामुखको निवासबाट आइतबार साँझ पक्राउ गरे लगत्तै उनलाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएको हो।
सिंहदरबार प्रहरी वृत्तको हिरासतकक्ष अरु हिरासत कक्षबाट सुविधा सम्पन्न रहेपछि उनलाई त्यहाँ राखिएको प्रहरीले जनाएको छ। भिभिआइपी र भिआइपीहरू पक्राउ पर्दा पनि यसअघि त्यही राखिने गरिन्थ्यो।
‘अब महरालाई सिंहदरबार वृत्तमा राखेर बयान लिने काम हुन्छ’, प्रहरी स्रोतले भन्यो, ‘थप अनुसन्धान पनि त्यही अनुसार अघि बढाउँछौं।’