निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले अनुसन्धानका लागि पहिलोपटक म्याद थप्न आज मंगलबार अदालत लगेको छ।
महराको म्याद थप निवेदन जिल्ला न्यायाधीश दीपक कुमार दाहालको इजलासले हेर्नेछ।
अदालत खुलेसँगै महरालाई जबरजस्ती करणी उद्योगको कसूरमा अनुसन्धानका लागि म्याद लिन काठमाडौं जिल्ला अदालत लागिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले पक्राउ गरेसँगै उच्च रक्तचाप र तनावका कारण नर्भिक अस्पतालमा भर्ना भएका उनलाई सरकारी वकिल कार्यालय पश्चात काठमाडौं जिल्ला अदालत लगिएको परिसरले जनाएको छ।
महरालाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप्नुपर्ने वा नपर्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा बहस हुने छ।
महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गर्ने छन्।
संसद सचिवालयमा कार्यरत महिला रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरालाई दस दिनअघि महानगरीय प्रहरी बृत्त बानेश्वरले पक्राउ गरी परिसरको जिम्मा लगाएको थियो।