प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य उमा भुजेललाई पक्राउ गरेको छ।
शनिबार सुनसरी प्रहरीले मेची-कोशी कमाण्ड ईञ्चार्जसमेत रहेकी भुजेललाई नियन्त्रणमा लिएको हो।
सुनसरी चक्रघट्टीबाट भुजेलसँगै मेची-कोशी कमाण्ड सहईञ्चार्ज सुमन सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ।
विप्लव समूहकै मोरङ ईञ्चार्ज नरेश चौलागाईँ र क्षितिज पौडेललाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।
पक्राउ परेका चारै जनालाई जिप्रका मोरङमा राखिएको छ।