प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक ह्याक भएको छ।
शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो। मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फोटोमा एक जना युवती र कभर फोटोमा जंगलको तस्बिर राखिएको छ।
'मुख्यमन्त्रीज्यूको फेसबुकमा बिहान-बिहानै अनावश्यक कुराहरू पोस्ट भएको पायौं,' राउतका प्रेस संयोजक आतिश मिश्रले भने, 'ह्याक कहाँबाट र कसरी भएको हो भन्नेबारे छानबिन हुँदैछ।'