प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वबाट विगतमा जस्तो धोका नहुने बताएका छन्।
शनिबार बालुवाटारमा पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँगको भेटमा उनले सो कुरा बताएका हुन्।
‘जनयुद्धको अवधिमा तपाईंहरूकाे याेगदान, त्याग, बलिदान र क्रान्तिकाे सपनाप्रति सम्मान छ। नेतृत्वले तपाईंहरूका भावनाकाे दुरूपयाेग ग-याे। याे तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयाे, याे एकदमै सही छ। यसरी आइरहँदा तपाईंहरू ढुक्क हुनुहाेस्, हामी राजनीतिक रूपमा समस्याकाे वास्तविक समाधान गर्छाैं। नेतृत्वबाट विगतमा जस्ताे धाेका पाउनुहुने छैन।’