राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख नियुक्त गरेकी छिन्।
मंगलबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई भण्डारीले नियुक्त गरेकी हुन्।
राष्ट्रपति कार्यालयले राति विज्ञप्ति जारी गरी दुबै जनालाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम नियुक्त गरिएको जनाएको छ।
गुरुङ कांग्रेस र शेरचन नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका हुन्।
यसअघि गण्डकी प्रदेशमा सीताकुमारी पौडेल र लुम्बिनीमा धर्मनाथ यादव थिए। दुबैलाई फालेर देउवा सरकारले नयाँ नियुक्ति गरेको हो।