नेपाली सेनाले दसैंको टीकाको दिनमा नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
दसैंका बेलामा सवारी साधन थोरै मात्रामा चल्ने भएकाले नि:शुल्क सवारी साधनको व्यवस्था गरिएको सेनाले जनाएको हो।
सेनाले सात वटा रूटमा बसहरू चलाउने जानकारी दिएको छ।
बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सेनाका बसहरू सञ्चालन हुनेछन्।
यसअघि नेपाल प्रहरीले पनि अष्टमीदेखि दशमीसम्म निःशुल्क बस चलाउने जानकारी दिएको थियो।
यी हुन् बस चल्ने रुट :