कास्कीस्थित मालपोत कार्यालय लेखनाथमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनोहरि भट्टराई १२ हजार घूस रकमसहित पक्राउ परेका छन्।
सेवाग्राहीको जग्गा नामसारी गरिदिने लगायत विभिन्न बहानामा मिलेमतो गरी घूस माग गरेको सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई जनालाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
खरिदार पौडेल र लेखापढी व्यवसायी भट्टराईलाई बाह्र हजार घुस लिईसकेको अवस्थामा मालपोत कार्यालय परिसर नजिकबाट आइतबार पक्राउ गरिएको उनले बताए।