रोल्पामा अटो दुर्घटनामा परी चालकको मृत्यु भएको छ।
सुनिलस्मृति गाउँपालिका–३ का ५४ वर्षीय रेगबहादुर विष्टको शुक्रबार भएको अटो दुर्घटनामा परी मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए।
गम्भीर अवस्थाका घाइते अटो चालक विष्टको उद्धारपछि उपचारको लागि सुलिचौरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए।
सुनिलस्मृति–३ रोहवाङदेखि सुलिचौरतर्फ जाँदै गरेको रा १ ह ३३५८ नम्बरको अटो ग्रामीण कच्ची सडक खण्डको साउने खोला भन्ने स्थानबाट एक सय ५० मिटर तल खसेको थियो। चालक विष्ट अटोमा एक्लै सवार थिए।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।