काठमाडौंका पहिलो जननिर्वाचित मेयर जनकमान श्रेष्ठको आज निधन भएको छ। विहान आफ्नै निवास टेकुमा ९१ वर्षको उमेरमा उनको निधन भएको परिवारले जनाएको छ।
विगत एक वर्षदेखि लिभरको क्यान्सरसँग जुधिरहेका श्रेष्ठ कानूनी मुद्दाहरुको फैसलाकर्ता समेत हुन्। विंसं. २०१० सालमा उपत्यकाका तीन नगरमा स्थानीय चुनाव हुँदा उनले कम्युनिष्ट पार्टीबाट दुई तिहाई मत ल्याएर मेयर जितेका थिए।
२५ वर्षकै उमेरमा उनी काठमाडौंको नगरपिता निर्वाचित भएका थिए। पछि अर्थात २०१६ सालमा उनी न्यायाधीश भएका थिए।