काठमाडौं उत्यकामा एकैदिन १ सय १९ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय १९ जनामा संक्रमण पुष्टि भएको जनाए।
संक्रमितमध्ये काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ जना छन्।
उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।
आजैमात्र कोरोनाका ५ सय ९४ संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ।
त्यस्तै, ९९ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।