कोरोना संक्रमण भएपछि ओम अस्पताल भर्ना भएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
असोज ३० गतेदेखि थापा ओम अस्पतालमा उपचाररत छन्।
थापालाई सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको अस्पतालले जानकारी दिएको छ।
राप्रपा नेता मोहन श्रेष्ठका अनुसार अध्यक्ष थापाको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ।
‘अहिले ज्वरो पनि घटेको भन्ने छ,’ श्रेष्ठले भने, ‘स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको डाक्टरहरूले बताउनुभएको छ।’
उनमा गत बुधबार स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा कोरोना देखिएको थियो।
टाउको दुख्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या भएपछि थापा अस्पताल भर्ना भएका थिए।
डाक्टर विश्वनाथ कोइरालालगायत चिकित्सक टोली थापाको उपचारमा सक्रिय छन्।