गोरखा दरबारस्थित दसैं घरबाट शुक्रबार हनुमानढोका दरबारमा फूलपाती पठाइएको छ।
गोरखा दरबारका कर्मचारी चुडानिधि तिवारीले फूलपाती काठमाडौं लगेका हुन्।
प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलगायत फूलपाती पठाउन बिहान गोरखा दरबार पुगेका थिए।
करिब चार सय वर्षदेखि गोरखा दरबारबाट काठमाडौं फूलपाती पठाइँदै आइएको छ।
राजा पृथ्वीनारायण शाहले राजकाज हनुमानढोकाबाट चलाउन थालेपछि गोरखाबाट फूलपाती पठाइँदै आएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताए।