खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा एकको मृत्यु भएको छ।
भक्तपुर सूर्यविनायक-८ दार्जिलिङ हाइटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा शनिबार बिहान सोही ठाउँका ५० वर्षीय कृष्णराम सुवालको मृत्यु भएको हो।
ट्याक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर ल्याउँदा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
चालकलाई ट्याक्टरको फाली (जोत्ने भाग) ले घाँटी लगायतको भागमा गम्भीर चोट लागेको थियो। मध्यपुर अस्पतालमा पुर्याएर उपचार हुँदाहुदै बिहान साढे १० बजे चिकित्सकले सुवाललाई मृत घोषणा गरेका थिए।