झापाको शिवसताक्षी नगरपालिकामा एक जना वृद्धाको शव बेवारिसे अवस्थामा फेला परेको छ।
स्थानीय वडा नं १० माई खोलाको बगरमा बुधबार दिउँसो नाम थर वतन नखुलेकी वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ।
स्थानीयबासीले खोलाको बगरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
ईलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठ नेतृत्वको प्रहरी टोली शव फेला परेको स्थानमा पुगिसकेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई पुलको १ किलोमिटर दक्षिणमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ।
उनको शव अर्धनग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
कम्मर मुनिको भागमा साया लगाएको, मास्क लगाएको, नाकमा फुली, कपाल फुलेको र घाँटीमा बुटी लगाएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
उनले कुन समुदायकी महिला हुन् भन्ने कुरा खुलेको छैन।