कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको एस मोडमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
कालिकोटको शुभकालिका गाउँपालिका-१ मा पर्ने राजमार्ग अन्तर्गतको एस मोडमा मिनी ट्रक दुर्घटनामा परेको हो।
मंगलबार अपराह्न ४ बजेतिर ना७ख ९५१६ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।
उनका अनुसार चालक दीपक साउद र सहचालक रमेशबहादुर शाहीको मृत्यु भएको हो। सहचालक बाजुराको जुकोट गाउँपालिकाका हुन् भने चालकको ठेगाना खुलिनसकेको उनले जानकारी दिए।
उक्त मिनी ट्रक नेपालगञ्जबाट अक्सिजन सिलिन्डर र ग्याभिङ जाली बोकेर जुम्ला जाँदै गरेको उनले बताए।
प्रहरीका अनुसार ट्रकमा चालक र सहचालक मात्र सवार थिए।