राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आज पिसिआर परीक्षण गर्दा अध्यक्ष तिमिल्सिनालाई कोरोना पुष्टि भएको उनका प्रेस संयोजक अशोक पौडेलले बताएका छन्।
विगत तीन दिनदेखि कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले आज पिसिआर गराएका थिए।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी होम आइसोलेसनमा बसिरहेको बताइएको छ।