अष्ट्रेलियामा रहेको सूचना प्रविधिसम्बन्धी काम गर्ने 'एक्स्ट्राटेक' ले क्रिकेटर अर्जुन कुमाललाई आर्थिक सहयोग गरेको छ।
नेपाललाई यु १९ विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका कुमाललाई संस्थाले ५० हजार रूपैयाँ सहयोग गरेको हो।
'एक्स्ट्राटेक'का डाइरेक्टर विनोद कुँवरले क्रिकेटरलाई गरिएको सहयोगले उनलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए।
यसअघि पनि विभिन्न खेलाडी र खेल संस्थालाई सहयोग गर्दै आएको 'एक्स्ट्राटेक' ले आगामी दिनमा पनि सहयोग जारी राख्ने उनको भनाइ छ।
क्रिकेटर कुमाल गुल्मीको छत्रकोटका हुन्।
नेपालले हालै एसिया क्षेत्र छनोटमा युएईलाई हराउँदै श्रीलंकामा हुने आइसिसी यू-१९ विश्वकपका लागि छनोट भएको थियो।
यू १९ विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेका १७ वर्षीय अर्जुनले कुवेतविरुद्ध १ सय १२ बलमा १२ चौकासहित १ सय ८ रनको शतकीय इनिङसमेत खेलेका थिए।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९, ०७:३७:००