इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका छन्।
गएराति एन्फिल्डमा खेलमा दुबै टोलीले पाएका गोलका राम्रा अवसर गुमाउँदा खेल गोलरहित बराबरीमा टुंगिएको थियो।
यो नतिजापछि लिभरपुल शीर्ष चार भन्दा ९ अंकले पछि परेको छ। ८ औँ स्थानमा रहको योगर्न क्लोपको टोली लिभरपुलको १९ खेलबाट २९ अंक छ।
खेलपछि लिभरपुलले छैठौं स्थानमा उक्लने मौका गुमायो।
यता लयमा फर्किएको चेल्सीले लगातार दुई खेलमा अपराजित यात्रा कायम राखेको छ। हाल १० औँ स्थानमा रहेको चेल्सीको पनि समान २९ अंक छ।
अंक तालिकामा २ खेल कम खेलेको आर्सनल ४७ अंकसहित शीर्ष स्थानमा रहँदा १ खेल कम खेलेको म्यान्चेष्टर सिटी ४२ अंकसहित दोस्रो स्थानमा छ।
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९, ०७:२०:००