फिफा विश्वकप २०२६ अन्तर्गत युरोपियन छनोटमा स्पेन र बेल्जियमले उत्कृष्ट जित निकालेका छन्।
स्पेनले समूह ‘ई’ को खेलमा टर्कीविरूद्ध ६-० गोलको जित निकाल्यो। उसका लागि पेड्रीले दुई गोल गर्द मारिनोले ह्याट्रिक गरे।
समूहमा स्पेनले लगातार दुई खेलमा जित निकालेको हो।
यता बेल्जियमले समूह ‘जे’ को खेलमा काजखस्तानविरूद्ध पनि ६-० गोलको जित निकाल्यो।
उसले चार खेलमा १० अंक जोडेको छ भने अंक तालिकमा दोस्रो स्थानमा छ।
यता समूह ‘ए’ मा जर्मनीले नर्दन आयरल्यान्डमाथि ३-१ गोलको जित निकाल्यो।
अघिल्लो खेलमा स्लोभाकियासँग पराजित जर्मनी अंक तालिकाको तेस्रो स्थानमा छ।