ललितपुरको बागमती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का भक्तबहादुर दर्लामी निर्वाचित भएका छन्।
लोप्चनले चार हजार ९०९ मत पाएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का नवराज सञ्जेलले चार हजार ५३ मत ल्याएका छन्।
गाउँपालिका उपााध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामीले चार हजार ६९२ मत ल्याएर विजयी भए।
नेकपा एमालेकी नमूना दोङले तीन हजार ७०० मत ल्याएकी छन्।
पालिकाका सात वडामध्ये पाँच वडामा कांग्रेस र एक वडामा एमाले र एक वडामा माओवादी केन्द्रका अध्यक्ष निर्वाचित भएका छन्।
कांग्रेसबाट वडा नं १ ज्ञानबहादुर लो, २ मा रामबहादुर भुलुन र ३ मा नवराज खड्का, ४ मा रामकुमार लामा र वडा नं ६ मा नारायण भोम्जन निर्वाचित भए।
वडा नं ५ मा माओवादी केन्द्रका नमराज तिमल्सिना र वडा नं ७ मा एमालेका होमप्रसाद बजगाईं निर्वाचित भएका छन्।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९, २३:१२:३६