रसियामा जारी २१औं संस्करणको फिफा विश्वकपमा इङ्ल्याण्डको गोल वर्षामा कप्तान ह्यारी केनले ह्याट्रिक गरेका छन्। जारी विश्वकपमा यो उनको दोस्रो ह्याट्रिक हो। यसअघि पोर्चुगलका कप्तान रोनाल्डोले स्पेनबिरूद्ध ह्याट्रिक गरेका थिए।
पहिलो हाफमा ५-० ले अघि रहेको इंग्ल्याण्डले दोस्रो हाफको ६२औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे।
इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले ३ तथा स्टोनले २ र लिङ्गार्डले १ गोल गरेका थिए।
विश्वकप इतिहासमा इंग्ल्याण्डले यसअघि कुनै खेलमा यति धेरै गोल गरेको थिएन।
खेलको आठौं मिनेटमा स्टोनले गोल गर्दै सुरूवाती अग्रता दिलाएका थिए।
खेलको २१ औं मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इङ्लिस टोलीको अग्रतालाई दोब्बर पारेका थिए ।
३६ औ मिनेटमा लिङ्गार्डले गोल गर्दै इङ्ल्याण्डलाई ३–० को स्थितिमा पुर्याए। स्टोनले ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा४-० को अग्रता पुर्याउँदा पहिलो हाफको इन्जुरी समयमा केनले गोल थप्दै अन्तर ५-० मा पुर्याए।
दोस्रो हाफको ६२औं मिनेटमा केनले ह्याट्रिक पुरा गरे। जारी विश्वकपमा यो उनको पाँचौ गोल हो। यसअघि रोनाल्डो र लुकाकुले ४-४ गोल गरेका थिए। रोनाल्डोलाई उछिन्दै केनले ५ गोल गरेका हुन्।
समूह जी मा रहेको इंग्ल्यान्डको पहिलो खेलबाट ३ अंक जोडेको छ भने पानामा अंकबिहिन छ। इंग्ल्यान्डले पहिलो खेलमा ट्युनिसियालाई २–१ ले हराएको थियो । पानामा भने बेल्जियमसँग ३-० ले पराजित भएको थियो।