अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आइतबार आफ्नो ३१औं जन्मदिन मनाएका छन्।
सन् १९८७ को जुन २४ मा जन्मिएका मेसी आइतबार ३१ वर्ष पूरा भएर ३२ मा लागेका हुन्।
यसैबीच मस्कोमा उनलाई सरप्राइज गिफ्ट पाएका छन्। विश्कपका लागि मस्को आएका उनलाई चकलेट तथा केक बनाउने पेशामा रहेकाले मेसीको जन्मदिनमा उनकै प्रतिमाको केक बनाएर उपहार दिएका छन्।
उनीहरूले मेसीलाई उपहार दिनकै लागि सात दिन लगाएर मेसीजस्तै चकलेट केक तयार पारेका हुन्।
मस्कोका पाँचजना केक निर्माताले बनाएको उक्त मेसी केकको तौल ६० किलो छ।