साउदी अरब र इजिप्टबीचको पहिलो हाफ एक-एक गोलको बराबरीमा सकिएको छ।
रसियामा जारी साउदी अरब तथा इजिप्टबिचको फुटबल खेलमा इजिप्टले एशियाली राष्ट्र साउदी अरब विरूद्ध पहिलो गोल गर्दै अग्रता लिएको थियो।
खेलको ४१ औं मिनेटमा इजिप्टका स्टर खेलाडी मोहम्मद सालेहले पहिलो गोल गरेका हुन्।
साउदीले इजिप्टको सो अग्रतालाई पहिलो हाफको अतिरिक्त समयको छैटौं मिनेटमा पेनाल्टी मार्फत बराबरी गर्यो। साउदीका लागि सलमानले पेनाल्टीमार्फत सो गोल गरेका हुन्।
इजिप्टको डिवक्समा साउदीका फहादलाई इजिप्टका अलि गबरले फल गरेपछि रेफ्रीले पेनाल्टीको मौका दिएका थिए।
समूह 'ए'मा रहेका यी दुबै टोलीले आफ्ना दुई खेल रसिया र उरूग्वेसँग हारिसकेका छन्। यो खेलको जीतहारले उनीहरूको जारी विश्वकपको आगामी यात्रामा कुनै असर गर्दैन। उनीहरूको बीच केबल प्रतिष्ठाको खेल भइरहेको छ।