रसियामा जारी समूह 'ए' अन्तर्गत आयोजक रसिया र उरूग्वेबिचको पहिलो हाफमा उरूग्वे २ गोलले अगाडि रहेको छ। आयोजक रसियाले गोल गर्न सकेको छैन्। गोलबिहिन रसिया पहिलो हाफमा १० खेलाडीमा सिमित भएको छ।
रसियाका इगोर स्मोलनिकोभ दोहोरो पहेंलो कार्ड खाँदै खेलको ३६ औं मिनेटमा बाहिरिएका हुन्।
खेलको १० औं मिनेटमा उरूग्वेका स्टार स्ट्राइकर लुइस स्वारेजले फ्रिकिकबाट गरेको गोलबाट उरूग्वेले अग्रता कायम गरेको थियो।
त्यस्तै उसले खेलको २३ औं मिनेटमा दोस्रो गोल गर्यो। उरूग्वेका लागि डिएगो लजाल्टले दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे।
आज हुने खेलले समूह 'ए'को समूह विजेता निर्धारण गर्नेछ।