फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरण अन्तिम खेलमा इरानविरुद्ध पोर्चुगलले पहिलो हाफमा १ - ० को अग्रता लिएको छ।
मोर्डोभिया एरिना रंगशालामा भएको खेलमा रिकार्डो क्वारिष्माले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका हुन्। पहिलो हाफको ४५ औं मिनेटमा क्वारिष्माले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन्।
समूह बी मा रहेको पोर्चुगल र इरान आजको खेल जित्दै नकआउट चरणमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रिएका छन्।
पोर्चुगलको ४ अंक छ भने इरानको ३ अंक छ। यो खेल जित्ने टोलीले नकआउट चरणमा स्थान बनाउने छन्।
यस्तै समूहकै अर्को खेलमा स्पेन र मोरक्कोले पहिलो हाफ बराबरी खेलेका छन्। समुह चरणको अन्तिम खेलको पहिलो हाफ सकिदाँ दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन्।
खेलको १४औं मिनेटमा गोल गर्दै मोरक्कोले पहिलो हाफमै स्पेनविरुद्धको अग्रता लिएको थियो। मोरक्कोकालागि खालिदले गोल गरेका थिए। त्यसको ५ मिनेटपछि इश्कोले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए।
अघिल्लो चरण प्रवेश गर्न स्पेनलाई आजको खेलमा बराबरीनै पर्याप्त छ। मोरक्को प्रतियोगितबाट बाहिरिसकेको छ।