विश्वकप फुटबलमा समूह डी अन्तर्गत आइसल्याण्डमाथि क्रोएसियाले पुनः अग्रता लिएको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलेको ५३ औ मिनेटमा गोल गर्दै क्रोएसियाले अग्रता लिएको थियो।
विश्वकप फुटबलमा क्रोएसियाविरुद्धको खेलमा आइसल्याण्डले पेनाल्टीमार्फत गोल गरेको छ । दोस्रो हाफको खेल जारी रहदाँ आईसल्याण्डका गिल्फ सिगरसनले गोल गरेका छन् । उनले पेनाल्टीमार्फत ७६ औ मिनेटमा पेनाल्टी गोल गरेका हुन् । त्यसपछि खेलको ९०औं मिनेटमा पेरिसिकले गोल गर्दै खेलमा अग्रता लिएको हो।
रोस्तोभ एरिनामा रंगशालामा नकआउट चरण पुगिसकेको क्रोएसियाले अन्तिम चरण पुग्ने सम्भावना बोकेको आईसल्याण्डमाथि गोल गरेको हो।
क्रोएसियाले समूह चरणको अन्तिम खेलमा ९ खेलाडी परिवर्तन गरेको छ। आईसल्याण्ड आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउ चाहन्छ।
नकआउट चरण पुगिसकेको क्रोएसियाको ६ अंक छ । आईसल्याण्ड एक अंक सहित तेस्रो स्थानमा छ। आजको खेल जिते पहिलो पटक विश्वकप खेल्दै गरेको आइसल्याण्डलाई दोस्रो चरण प्रवेश सहज हुन्छ। अर्जेन्टिना र नाइजेरियाबीको खेल १-१को बराबरीमा चलिरहेको छ।