विश्वकपअघि मात्रै चोटबाट मुक्त भएर मैदान फर्किएका २६ वर्षीय नेइमार पूर्ण फिट नभएको ब्राजिलका प्रशिक्षक टिटेले जानकारी दिएका छन्।
पूरै टिमको जिम्मेवारी नेइमारको काँधमा राख्ने गरी उनी फिट नभएको बताएका हुन्।
खुट्टा फ्याक्चर भएकाले विश्वकपको तीन महिना अगाडिदेखि मैदान बाहिरै रहेका उनी विश्वकप दौरान मैदानमा फर्किएका थिए।
विश्वकपमा समूह चरणका दुबै खेलमा सहभागी जनाइसकेका नेइमारले कोष्टिकामाथि एक गोलसमेत गरेका छन्।
विश्वककै महंगा फुटबलर नेइमारको प्रदर्शनलाई लिएर आलोचना भए पछि प्रशिक्षक टिटेको यस्तो भनाई आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
क्षमता अनुसार आफ्नो खेल देखाउन नसकेका नेइमारले सामान्य स्तरको फुटबल खेलिरहेको प्रशिक्षक टिटेले सञ्चार माध्यमलाई जानकारी दिएका छन्। विशेष क्षमता भएका खेलाडी भए पनि उनी अहिले आफ्नो सामान्य स्तरभन्दा बाहिर रहेको टिटेको दाबी छ।
यद्यपी पहिलो भन्दा दोस्रो खेलमा नेइमारको प्रदर्शन र अवस्था सुधार हुँदै आएको टिटेको दाबी छ।
पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १–१ को बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा कोस्टारिकालाई २–० ले हराउँदै समूहमा ४ अंकसहित शीर्ष स्थानमा छ।
ब्राजिलले बुधबार राति समूह चरणको अन्तिम खेलमा सर्बियासँग प्रतिस्पर्धा गर्नेछ ।
समूह चरणको अन्तिम खेलमा नेइमार लयमा फर्कन सक्ने टिटेले बताएका छन्। तर, उनले नेइमार माथि नै पूरै देशको जिम्मेवारी दिन मिल्ने अवस्था नरहेको स्पष्ट पारे।