रसियामा जारी विश्वकपमा अन्तिम १६ मा पुग्नका लागि भिडिरहेका मेक्सिको र स्वीडेनले पहिलो हाफ बराबरीमा सकेका छन्।
पहिलो हाफमा एकअर्काविरूद्ध गत्तिकै आक्रमकरूपमा खेलेका भए पनि दुबै टोली गोल गर्न भने असफल रहे।
अन्तिम १६ मा पुग्ने हिसाबले अहिलेको अवस्थामा मेक्सिको बलियो स्थामा छ किन भने उसलाई दोश्रो चरणमा पुग्न बराबरी मात्र भए पनि पुग्छ। उसले अघिल्ला दुईखेलमा जीत हात पारेको छ। बराबरी हुँदा मेक्सिको समूहविजेता हुँदै अन्तिम १६ मा पुग्नेछ तर हारेको खण्डामा भने समूह चरणबाट बाहिरिने सम्भावना पनि उसको छ। जर्मनीले जितेको अवस्था र आफूले हार बेहोर्दा मेक्सिको बाहिरिन सक्छ।
उता स्वीडेनलाई भने अन्तिम १६ मा पुग्नका लागि जीत अत्यावश्यक छ। स्विडेनको जीत र जर्मनीको हार हुँदाको अवस्थामा ऊ अन्तिम १६ मा पक्का हुनेछ। यदि जर्मनीले जीतेको खण्डमा भने स्विडेन गोल अन्तरमा अघि रहनुपर्छ।
त्यस्तै जर्मनी विरूद्ध दक्षिण कोरिया र मेक्सिको विरूद्ध स्वीडेन बीचको दुवै खेल बराबरी भएमा मेक्सिको अन्तिम १६ पक्का हुनेछ। जर्मनी र स्विडेनमध्ये गोल अन्तरमा अघि हुने एक टिम अन्तिम १६ मा पुग्नेछ। यदि दुवै टिमको गोल अन्तर समान भएमा जर्मनीको सम्भावना हुनेछ। किनकी हेड टु हेडमा जर्मनी अघि छ।