समूह 'एफ'मा जारी जर्मनी र दक्षिण कोरियाबीचको खेलमा पहिलो हाफ सकिदा दुबै टोलीले गोल रहित बराबरी गरेका छन्।
अन्तिम १६ मा पुग्नका लागि दुबै टोली जित्नैपर्ने दबाबको समिकरणमा छन् किनकी समूह ‘एफ’मा दुई खेलपछि जर्मनीको तीन अंक छ। मेक्सिको ६ अंक सहितशीर्ष स्थानमा छ छ भने स्विडेनको पनि तीन अंक छ। दक्षिण कोरियाले अंक जोड्न सकेको छैन।
पहिलो खेलमा मेक्सिकोसँग १-० गोलले पराजित भएको जर्मनीले दोस्रो खेलमा स्विडेनलाई २-१ गोलले हराएको थियो। निकै कम गोलअन्तर भएकाले जर्मनीलाई हराएको अवस्थामा दक्षिण कोरियाको पनि झिनो सम्भावना छ। यसका लागि मेक्सिकोले स्वीडेनलाई पराजीत गर्नुपर्नेछ।