Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ग्लोबल
Subscribe Setopati
शनिबार, फागुन ३०, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
  • अमेरिका
  • अस्ट्रेलिया
  • युरोप
  • पूर्व एसिया
  • मध्यपूर्व एसिया
  • दक्षिण एसिया
  • अन्य देश

दसैंको मुख

Nmb
Nmb
यम घिमिरे  

यम घिमिरे  

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

सामान्यत: मुख भनेको मुख मात्रै हो। यो लाध्रो भर्न च्यातिने तपाइँको एक हाब्रो हो। अथवा, भलो वा छुच्चो हुन चलाइने एउटा चुच्चो हो। शरीरको सिरान छेउतिर गएर बसेको चाहेका बेला खुल्ने र बन्द हुने एकदुले थुतुनो हो मुख।

तर मैले आज ताकेको मुख हो दशैंको मुख। सग्लो हनुमानै निल्ने सुरसाको मुख जत्रै मुख दशैंको मुखको कन्थो हो यहाँ ल्याउन खोजिएको !

दशैंको मुखको महिमा बुझ्न यसरी तपाईंको मुख जस्तो सोझो चिताएर पुग्ने वाला छैन।  यो मुखलाई तपाईंले आफ्नो तजबिजीमा चलाउन सक्नुहुन्न। कोशीको बाढी वा गण्डकीको भेल जस्तो यो मुख बर्स्यानी आउँछ र आफ्नो जान्दो गरेर जान्छ। यो मुखलाई तपाईं आफ्नो मुखलाई जस्तो पायकअनुसार चाहेको बेला च्यात्न, सिउन, बटार्न, बजार्न, लुकाउन, तर्काउन वा देखाउन सक्नुहुन्न. त्यसउपर अर्काको मुखलाई जस्तो मुखैमा हान्न, मुखमा बुझो लाउन, मुख लुछ्न, मुख चिथोर्न, मुख भत्काउन पनि सक्नुहुन्न। परिआउँदा लाजले तपाईं आफ्नो मुख छोप्नुहोला कुनै मौका बखतमा तर दशैंको मुखले दस औतार र छतीस छद्ममा तपाईंलाई उल्टै छोप्छ।

नपत्याए दशैंको मुखले छोपिसक्यो कि नाइँ तपाईंलाई ?

जौका पहेंला आँकुरा सिउरिनुअघि आउने दशैंको यो मनोचिन्ते मुख महाजनलाई मौका हो, चण्डाललाई चौका हो, पीरको पोको हो, चिन्ताको चौतारी हो, दसाको बाजा हो, छट्टुलाई छक्का हो, छलछामलाई छुट हो, ब्रम्हलाई लुट हो भनेर भन्दा रिसाए दशैंकै मुख कालो।

चौपाया प्राणीको मृत्युऋतु हो दशैंको मुख। लाखौँलाख हाँस, कुखुरा, सुँगुर, भेडा, च्यांग्रा, खसी, राँगा, बोकालाई मृत्युलोकको यात्रामा लामबद्ध निकालेर निल्ने कालो दुलो अर्थात् ‘ब्ल्याक होल’ हो दशैंको मुख। 

तपाईं आफ्नो सुतिखितिमा बाँच्ने सर्बसाधाराण मात्रै हो भने दशैंको मुखमा तपाईंले खासै धेरै केही उद्याउनु पर्दैन भुत्ते खुकुरीबाहेक।

केराको काँइयो र दक्षिणाको द्रब्य ठीक पार्नु, घोर्ले खसीका तिघ्रा सपार्नु वा मार हान्ने घिरौंला र कुबिन्डो बेलैमा उमार्नु, घरका कुनाकाप्चा माकुराको जालो झार्नु र आँगन खुर्कीखार्की पार्नु दशैंको मुखमा सामान्य घर-गृहस्थका दशैंमुखे तानाबाना भए।

तपाईं करोडपति बन्ने सपनाबाट ब्युँझिएर विप्रेषणपति बन्नुभएको छ भने काँधमा डोरीजालले मोरेको ‘लगेज’ ब्यागभित्र चाइनिज धुसा मायाजालले बेरेर मायालुलाई भनेर कोचिकन एक कालो चस्मा टल्काएर केही दिराम र रिंगेटलाई नेपालीकरण गरीवरी गाउँ पस्नुहोला दशैंको मुखमा।

Ncell
Ncell

म जस्तै कोदोको झोलमा जात फालिसक्नु भएको छ तपाईंले पनि भने हदैभए लोकल तीनपानेदेखि क्षीरपारिका कम्पनी मदिराको कोसी गण्डकी बग्ला दशैंको मुखदेखि नै तपाईंको मुखसम्म। छक्कापन्जाका मामिलामा म जस्तो हदैसम्मको लैपुंडे हुनुहुन्न भने कौडामा हार्नु र एकदुई हात म्यारिजमा मार्नु दशैंको मुखमा अलिकति थप कर्म हुनसक्छन् तपाईंका बिघ्न भए।

बाँकी तपाईंको ढाडमा टेकेर कुन अभरमा कहाँ हान्ने हो दशैंको मुखको बर्को ओढेर प्रकट हुने उनै परम् चुसालु महाराजहरुले जान्दछन्।

दशैंको मुखले कहिले खस्रो बोली गर्दैन। तपाईंको मुखले जस्तो दाँतले चबाएर वा मक्मक्याएर घुटुक्क निलिहाल्ने पनि होइन। तर हुनसम्मको अब्जस्या र हन्तकाली मुख खोज्नु पर्यो भने दशैंको मुखमा दशैंको मुख छोडेर अन्त भौंतारिनै पर्दैन तपाईंलाई।

दशैंको मुखले छानीछानी कतिलाई पेलेर पिना बनाउँछ अनि कतिलाई यही मुखले भगवान दाहिना बनाएर ल्याउछ। आगे हेर्दै जानुहोला।

‘दशैंको मुखमा गाडीको भाडा बढेर हिंडिसक्नु भएन...’ दशैंको मुख ताकेर बसेको सिन्टिकेटले फँणा फिँजाए पनि दशैंकै मुखमा घोचो गर्दिन्छ अखबार।

‘दशैंको मुखमा चिनी बजारबाट गायब...’ दशैंको मुखको गौंडा कुरेर बसेको होलसेलको हरामले हाटबजारबाट चिनीको चम्पट चलायो चोट दशैंको मुखले पायो।

‘दशैँको मुखले गर्दा तरकारी छोइसक्नु छैन...’ किसानको काउलीमा हालीमुहाली गरेर बिचौलियाले बीचमा बिराएको नदेख्ने मान्छेले दशैंको मुखैमा दशैंको मुखको कुरा काटिहाले।

‘दशैंको मुखलाई जे पकाए नि नमीठो, सक्दिन म तिमेरका स्वादे जिब्रोलाई...’ खानेको मुखले नखाए नि दशैंको मुखले अपजस भेट्छ आमाका मुखबाट।

‘दशैंको मुखमा पुलिसका कमाउने दस दाउ...’ दशैंको मुखको प्रहरीले दशैंको मुख हेर्न चाहेको कुरा नाकका चालले चाल मात्रै के देको होस् अख्तियारले पुल्प्ल्याएका जनताले दशैंको मुख नभनी मनुख्खे मुख छोडिहाल्छन्।

‘दशैंको मुखमा घुसको भुस नखुवाई त कर्मचारी मेलोमा लाग्नै मान्दैनन्, भोलिभोलि मात्र भन्छन्...’ दशैंको मुखको सोझो गर्न खोज्ने कुनै लोकसेवा पासलाई कुनै अकर्मचारीले दशैंको मुखमा रिसले मुख सम्हाल्न नसकेर मुख खुस्काइहाल्छ।

‘दशैंको मुखमा खुजुरा पैसा बेपारीले कहाँ लुकाउछन् लुकाउछन्, हजारको नोट दियो भने त हाती नै आएझैं गर्छन्...’ किनमेलकी काइँल्यामा कैंयाँका काइते कुरा बिर्सेर दशैको मुखलाई नै दुर्छे मुख गर्छिन्।

‘आफ्ना त दशैंको मुखमा चाहिं गाई थारिनेवाला छ...’ छोराछोरीलाई दशैंको पेटमा गोरस खुवाउन नपाइने चिन्ताको बाउ बर्बराउछ।

‘दशैंको मुखमा धेर उफ्रीपाफ्री नगर्नू, हातखुट्टा भाँचिएर थला परिएला...’ पीँधमा चुर्ना परेजस्ता दशैंको मुखका शेषान्तर भुराको भलो चिताउछिन् आमा।

‘दशैंको मुखमा गाई किन्न हिंड्नु त कुकुरले नि नपरोस्...’ दशैंका चिउरा मुछ्ने दुग्ध पदार्थको जोगार गर्ने यत्नमा दशैंको मुखैमा गोजीमा दाम बोकेर चारचौरास पैदल घुमेर रित्तोहात लखतरान फिरेका काका कति न कुकुरले गौमाता किन्न हिड्ने जस्तो गरेर दशैंको मुखमै बुझो लाऊँलाझैं गरी गलेर पेदु हुनुको भडाँस पोख्छन्।

‘दशैंको मुखमा बैरीको नि अस्पताल बास नहोस्...’ दशैंमा दुख्नुभन्दा मान्छे बरु बैरीको भलो चिताउँछ।

‘दशैंको मुखमा धान पाकेर सोत्तर हुने र’छ यसपाली...’ बाले दशैंको मुखमा भुराभुरीको दशैं रहुस छिनेर हातमा हँसिया भिराइदिने गरेको झापाली पीरको पोको तीन दसक बितिसक्दा नि अझै बल्झिन्छ सम्झेर ल्याउँदा।

दशैंको मुखमा दर्जी बडा घर आउँथे तन्नाको कुम्लोमा खुट्ने कल बोकेर। उनलाई सुबिस्ताले काम गर्न कहिले दिइएन दशैंको मुखमा। छुसछुस उनका औजार र कल चलाइदिएर हैरान पारिन्थ्यो।

‘काठालाई हान्छु है यसैले बरु खुत्रुक्क हुने गरेर...’ एकदिन हातको कतर्नु उजाउँदै दर्जी बडाले जातपातजन्य गालीले दपेट्दै कसो हर नखुस्काएका बालखैकालमा मेरो दशैंको मुखमा घरैमा आएर।

दशैंको मुखले अहिलेजस्तो मुन्टो जोत्ने फेसबुकको मुखबिनै रातभरि पालो कुर्दै चिउरा मिलमा जाग्राम बसाउथ्यो बर्स्यानी उ बेला। अरुका घानका ताताताता फुका चिउरा मर्क्याउदै ट्युबेलमा चुच्चो जोडेर रातिमास पानी पिउदै चिउरा भिजाउदै गरेको बिर्सिन त दशैंको मुख नै लोप भएपनि सकिनेवाला छैन।

‘दशैंको मुख भनेर मात्रै नत्र आज तेरा धोर्याङ्ग भाँच्ने थिएँ मैले...’ दशैंको मुखको बिशेष छुटमा बिगार गर्दा पनि बाले मेरुदण्ड र त्यसमा जोडिएका मेरा कलिला करंग भाँच्नबाट म कतिपटक जोगिएको सम्झना प्रत्येक दशैंको मुखले लिएर आउँछ।

‘चाडबाड भन्न नि पाएन मेरा कान्छाले...दशैंको मुखमा कतार उड्नु परो उसलाई चैं...त्यत्रो खसी ढाले एक चौटो मुखाँ हाल्न पाएन बरा...’ टिकाका दिन अरु दाजुभाइलाई टिका लाइदिंदा आमाको मनले चर्का आँसु छर्किन्छ फूलपातिका दिन कतार उडेको कान्छालाई सम्झेर।

दशैंको मुखका पाली परेका गोता खवाइ, होच्याइ-अर्घेल्याइँ, कथा-सवाइ तपाईंका पनि कति होलान् कति ।

दशैंको मुख तिखारेर कालाबजारीहरु, भ्रष्टचारीहरु, बिचौलियाहरु, एकाधिकारीहरु भकारी जत्रो मुख बाएर आ-आफ्ना भाला तिस्कला लिएर दशैंको मुखैमा गल्लीगल्ली निस्किन्छन्।

यी दशैंमुखे सिकारीले ऊन, नुन, सुन, लसुन, भुटुन सबैथोकमा दशैंको मुख लाउँछन्। दशैंको मुखदेखि नै आफ्नो दशैं पल्टाएको झड्काले खास दशैं आइपुग्दावर्दा गरिब निमुखाको चैं टाँग पल्टाउन सकियो भने यीनले खास दशैं आएको मान्छन्। 

साम, दाम, दण्ड र भेदका घोच्ने सुइरा तिखारेर वैश्ययुगलाई सशस्त्र पारेर बजार निकाल्छ दशैंको मुखले।

कपडाको कार्की पाँच सयकडा काढेरै भए नि लताकपडाले गोदाम भरेर दशैंको मुखका ग्राहकबाट दोब्बर दाम दाब्ने सपनाका बुटा खिपेर निदाउँछ दशैंको मुखमा।

ढोकामा आउने मान्छेसँग काम न काजको दशैंमुखे थुतुनो उजाउदै फिसिकफिसिक हाँस्ने र दुई हजारको दौरालाई पाँच हजारको पासा पल्टाएर मास्ने कण्ठबोली खिपिवरी दशैंको मुखको सम्पूर्ण तयारीका साथ ठिक्क परेर बसेको हुन्छ बस्त्रालयको बानिया।

दशैंको मुखमा एकजोर मोजा किन्दा तपाईंको गोजामा भ्वाङ पर्न सक्छ। एउटा जडाउरी कोट किन्दा बगलीमा गहिरो चोट लाग्न सक्छ। चलेको चल्तीमा बेचेर तपाईंको खल्ती जोगाइदिने गल्ति कुनै दोकाने दशैंको मुखमा आएर गर्नेवाला छैन। 

किरानाको साहूले दशैंको मुखको दाउ लाएर चिनी र चामल, चिया र चनामा भ्याइदिन सक्छ दिउसै वा एकबिहानै तपाईंलाई।

गाडीका साहू ज्योतिषीले हत्केलामा गन्ने राहूको रुप धारण गरेर सडक कब्जा गर्छन् दशैंको मुखैमा।

दशैंको मुखमा लालाबालाले राम्रो नाना र मिठो खानाको माग बढाएपछि रिक्सा तान्ने लामा दाजु चैं असीको दसकमा ऋषि कपुरको बलिवुड फिल्म ‘नसिब अपना अपना’ हेर्दा सिकेको गीत ‘भला हे बुरा हे मेरा पति मेरा देवता हे...’ गुनगुनाउदै पिंडुलाका गाँठा थप खैंचेर ‘ओभरट्याम’ हान्न विवश छ दशैंको मुखमा।

‘लौ ‘डार्लिंग’, दशैंको मुखमा त यसरी ओछ्यानमा सुतेर हुँदैन, सकेको बल गर्ने बेला नै यही हो...’ सेलिब्रेटी पतिदेवलाई कानमा मन्त्रिन्छिन् पियारीले दशैंको मुखैमा रेमिटेन्स-चित्त गर्दै।

दशैंको मुखमा जुत्ता बेच्नेको ढ्यांग्रो र कोकाकोला कम्पनिको कोकोहोलोले चण्डीरुद्रीको गुन्जनलाई उहिले कुलेलम ठोकाउँछन्। टिभी र मोटर कम्पनिका डिम्बा माग्दा माऊ पोथी नै जिम्मा लाइदिने  बोनान्जा र बम्परले खप्पर खान दशैंको मुखभन्दा बाह्र हात परैबाट सुरु गर्छन्। 

तपाईंको घर चम्किनुअघि चुनाको साहुले तपाईंलाई चुनामै चुना लाइदिनसक्छ दशैंको मुखमा।

तपाईंका मुखमा माड लाउनु पहिले दशैंको मुखमा मुखियाले चार पाथीमा दस पाथी भराउने सयकडा डेढी खप्टेर ल्याप्चे कबोल लाउन सक्छ। 

जसै साउन निख्रिएर भदौ लाग्छ अनि जुकाको मुखजस्तो दशैंको मुख सल्बलाउन थाल्छ।

दशैंको मुख कसैलाई सुनैसुनको महल भएर आउछ त कतिलाई यता भत्काएर उता टाल्नुपर्ने सानाको नाना, पाहुनाको खाना र मर्दानाको गहनाको गृह-कहल भएर आउछ।

धेरै मुख नलाग भन्दा मुखालेको मुख चुप्प लाग्ला दशैंको मुखले कसै न कसै तपाईंलाई मुख लाएरै छोड्छ।

डोनाल्ड ट्रम्पको देसमै पुगेर पानीमूनि स्विमिंग पुलमै फोटो खिचेर देखाउनुस न तपाईं, बरु अरिंगाल अल्मलिएला दशैंको मुखले छोड्ने होइन तपाईंलाई।

‘लौन न बाबू, यहाँ दशैं पनि आउन आँट्यो...’ मध्ये रातमा बज्ने दशैं मुखे फोनको घन्टीले तपाईंको अमेरिकी सपनाकी राजकुमारीसँग ‘डिभोर्स’ हान्दिन सक्छ।

‘दशैँको मुखमा एउटा आइफुन चैं भा ता फोटो खिच्न काइदा पल्टिने थियो होला...’ अर्को कल्पनाको गगनले तपाईंको मुखलाई मुस्कुराउने चन्द्र बन्न नपाई छोप्न सक्छ दशैंको मुखमा। ‘घण्टामारी’ काममा जानुको साटो सिरानेमा एकाबिहानै बास्ने वाइफाइधारी ‘अलार्म’ भालेको घाँटी निचोर्दै थप गुटुमुटु गोत्राय गर्नु जस्तो हुन्छ दशैंको मुखले छोपेपछि तपाईंलाई नै.

दशैंको मुखले कहाँ मात्रै हाब्रो बाउँदैन ?

बसको भाडामा, म:म:को पाडामा, तिहुनको गाडामा, चन्द्रागिरी डाँडामा, हुटेलको भाँडामा, तीनपाने जाँडमा जताततै दशैंको मुखले चुसेर तपाईंको बगली क्षयरोगमाथि जन्डिस थपिएसरी दुब्लाउँछ दशैंको मुखमा।

अब सोध्नुहोला सबैलाई सधैं दशैं पल्टाइदिने जिम्मा लिएको सिंहदरबारचाहिं के गर्छ दशैंको मुखमा ?

नामै सिंहदरबार ! उसको त झन् बाह्र सिंग उदाउने नै यही बेला हो। दशैंको मुखले छोपेपछि यो बैधानिक बगलीमारा सिंहदरबार जनताको भंडार फोरेर स्यालदरबारका रछ्यानरछ्यानमा र तल अरिंगालको गोलोका भित्रि जेबसम्म पुर्याउँछ दशैंको मुखलाई रातारात।

अथवा, ‘वार मुभी’मा सडकको डिलमा उभिएर निहत्था नागरिकले भय र अन्यौलले सुकेको मुख लाएर फौजीका गोलाबारुद बोक्ने ट्यांक गएको हेरेझैं काला कारोबारीका कर्तुत हेरेर बस्छ सरकार भन्ने निमुखो जनावर दशैंको मुखमा।

अनि?

दशैंको मुखको पावन अबसरमा देशबासीको रोग, शोक, भोक मेटाउने जिम्मा उनै कालरात्री नरमुण्डवाली दुर्गा भवानीलाई जिम्मा लाउने एक थान शुभकामना फुक्न आफ्नो उही थोत्रो मुख बजाउँछ सिंहदरबार।

अनि ?

आफ्नो शितल, सयाँल, हराभरा, पुगीसरीको आफ्नो सदाको दशैं लुकाउन मरुभूमिजस्तो नाम राखेको ‘बालुवाटार’ गएर मखमलको ओछ्यानमा दिउँसै निदाउछ दशैंको मुखमा सिंहदरबार।

दशैंको मुखमा सबै लठिभद्र होला तपाईंको, धेरै बियाँलो नगरी दशैं मुख सहस्त्रनाम यतै बिसाऊँ ! 

प्रकाशित मिति: बुधबार, असोज २४, २०७५  १८:०६
सिफारिस
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली
घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
कुमार पौडेलको 'इन्काउन्टर' मा तत्कालीन गृहमन्त्री, आइजिपी सहित १२ जनाविरूद्ध अनुसन्धान गर्न सर्वोच्चको परमादेश
कुमार पौडेलको 'इन्काउन्टर' मा तत्कालीन गृहमन्त्री, आइजिपी सहित १२ जनाविरूद्ध अनुसन्धान गर्न सर्वोच्चको परमादेश
एमाले अध्यक्ष ओलीलाई पितृशोक
एमाले अध्यक्ष ओलीलाई पितृशोक
नर्वेमा अर्थशास्त्र पढेका ३१ वर्षीय सांसद, लुम्बिनी प्रदेशमा थिए आर्थिक सल्लाहकार
नर्वेमा अर्थशास्त्र पढेका ३१ वर्षीय सांसद, लुम्बिनी प्रदेशमा थिए आर्थिक सल्लाहकार
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

ग्लोबल

भारतीय गृहमन्त्री अमित शाह नै हत्यामा संलग्न भएको क्यानडा सरकारको आरोप
भारत र क्यानडाले निस्कासन गरे एक अर्काका कुटनीतिज्ञ
गत वर्ष हत्या गरिएका पृथकतावादी शिख नेता हरदीप सिंह निज्जर। फाइल तस्बिर।
हरदीप सिंह निज्जर हत्यामा संलग्न रहेको आरोपमा तीन भारतीय पक्राउ
क्यानडाका अभिमन्यूले एनआरएन सहकोषाध्यक्षमा दिए उम्मेदवारी
पत्नीसँग छुट्टिए क्यानडाका प्रधानमन्त्री ट्रुडो
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP