काठमाडौंको नेपालटारमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
शनिबार काठमाडौं महानगरपालिका नेपालटारस्थित एक घरमा भाडामा कोठा लिएर बसेकी एक महिलाको शव फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
सुर्खेत घर भई दिल माया विश्वकर्मा भन्ने महिलाको शव फेला परेको हो।
उनी खाटमै सुतेको अवस्थामा मृत फेला परेकी हुन्। घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।