पर्यटन व्यवसायी सुमन पाण्डे प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा)को सचिव तथा कोषाध्यक्षमा निर्वाचित भएका छन्।
पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्षसमेत रहेका एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चरका अध्यक्ष पाण्डे १२ अक्टुबरमा सिम्पन्न भएको अनलाइन चुनावबाट निर्वाचित भएका हुन्।
एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चरसँगै समिट एयर, अलफ्ट होटल, छायात सेन्टर लगायतका व्यवसायमा संलग्न पाण्डे सक्रिय पर्यटन व्यवसायी हुन्।