तिहार पर्वअघि फ्रेशमार्टले हाटबजार मेला आयोजना गर्ने भएको छ।
कात्तिक १ गते शनिबार ललितपुरको मित्र रोड, चाकुपाटमा हाट बजार मेला आयोजना हुन लागेको हो।
ट्याक्टिकल सोलुसन्स प्रालिको प्रांगणमा हुने मेला विहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
उक्त मेलामा किराना सामान, ताजा तरकारी, फलफुल, दुग्धजन्य सामाग्री, बेकरी सामान, पूजाका सामाग्री, भाइटीकाको सामाग्री, प्लान्ट तथा नर्सरी, नेवारी खानेकुरा, कपडासहित विभिन्न किसिमका रैथाने उत्पादित सामाग्रीहरु समेत रहने बताइएको छ।
बजारमा विभिन्न २१ वटा स्टल राखिने आयोजकको तर्फबाट अंकित भुषासले जनाकारी दिए। जसमा फ्रेशमार्ट सहितका १८ वटा कम्पनीका समाग्री हुनेछन्।
उनका अनुसार यसअघि अनलाइमार्फत् मार्टले सामान बिक्री गर्दै आएकोमा अब भौतिक रुपमा सामान बिक्री गर्ने तयारी छ।