Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, माघ २७, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

उ बेलाको दसैं

अच्युत शाली घिमिरे

अच्युत शाली घिमिरे

समय एकनासको हुँदैन

रोटेपिङ चै

घुमिरहन्छ,

र स्मरणमा रहिरहन्छ

ती दिनहरू

जस्का लागि दसैं एउटा चाड

मात्र होइन

सबै इष्टमित्र भेटघाट हुने 

अवसर बनेर आउँथ्यो।

 

घटस्थापनादेखि नै 

स्कुल बिदा हुन्थे,

घर पोत्न रातो माटो 

खोज्न गइन्थ्यो,

चुनाले घर रंग्याउन 

सबैलाई हतार हुन्थ्यो,

लाहुर गएकाहरू धमाधम

घर फर्किन्थे

सहर पढ्न हिँडेका दौतरीहरू

गाँउ फर्किन्थे

कस्को घर कत्रो खसी काट्न लाए

भन्दै हेर्दै हिँडिन्थ्यो

नयाँ लुगा र सिंगार पटारले

शरीर सजिन्थ्यो

टीकाको दिन रातैभरि

टुकी बालेर दक्षिण बटुल्न हिँडिन्थ्यो,

कस्ले कति पायो भनेर

खाम उप्काई उप्काई हेर्न हतार हुन्थ्यो,

प्रसादमा घरमा फलेका केरा 

खाँदा खाँदा उत्पात अघाइन्थ्यो!!

 

आजकल दसैं

फरक र भिन्न हुँदै गयो,

फेसबुकले नै

जमरा र टीका थाप्दै गयो

र युट्युबले आशिष दिँदै गयो,

समय यति परिवर्तन भयो कि

दसैंमा घर फर्किन

ऊ बहाना फेर्दै गयो

गाँउदेखि ऊ अघायो र

सहरमा नै रमायो,

गाउँ फर्किहाले पनि

उस्ले चौतारा भुल्यो

पधेँरो भुल्यो

मामाघर भुल्यो

आखिर ऊ फेरि

'एट माइ स्वीट होम' भन्दै

फेसबुकमा नै रमायो!

न पिङ न तास न त केही खास

भएन

आयो गयो

कसैले पत्तो पाएन,

ऊ सम्पन्न भयो

तर उस्ले सामूहिक्ता गुमायो

ऊ परिपक्व भयो

तर उस्ले बालापन गुमायो,

ऊ धनी भयो

तर उस्ले संस्कृतिमा गरिबी

भित्र्यायो!!

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  १९:१६
सिफारिस
जलाइएको पाँच महिनापछि सञ्चालनमा आयो कोटेश्वर भाटभटेनी, ३०० भन्दा बढीले पाए रोजगारी (भिडिओ)
जलाइएको पाँच महिनापछि सञ्चालनमा आयो कोटेश्वर भाटभटेनी, ३०० भन्दा बढीले पाए रोजगारी (भिडिओ)
कोही सेयर बजारमा धमाधम लगानी गर्दै, कोही डराएर बेच्दै!
कोही सेयर बजारमा धमाधम लगानी गर्दै, कोही डराएर बेच्दै!
अस्ट्रेलियामा तीन सन्तान हुर्काउँदै व्यवसाय गरिरहेकी सबिना
अस्ट्रेलियामा तीन सन्तान हुर्काउँदै व्यवसाय गरिरहेकी सबिना
जुन दिन सुनील थापाको निधन भयो, त्यसै दिन उनलाई चितामा जलाउने दृश्य सुटिङ हुँदै थियो
जुन दिन सुनील थापाको निधन भयो, त्यसै दिन उनलाई चितामा जलाउने दृश्य सुटिङ हुँदै थियो
अघिल्लो पटक ५४ प्रतिशत भोट कटाएकी तोसिमाले यसपटक दोहोर्‍याउलिन् जित?
अघिल्लो पटक ५४ प्रतिशत भोट कटाएकी तोसिमाले यसपटक दोहोर्‍याउलिन् जित?
भारत र पाकिस्तानबीचको खेल निर्धारित मितिमै हुने पक्का
भारत र पाकिस्तानबीचको खेल निर्धारित मितिमै हुने पक्का
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

यो सडक कहिले बन्छ?
साँझ म यसो बहलिन डुल्छु!
देश परिवर्तनको चाहना!
नोट चल्ने भोट नचल्ने मेरो देश!
रातो कपको लाली!
तिमीसँग त्यहाँ, त्यही समयमा!

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP