Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, चैत ६, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

चिया चर्चा

Royal Enfield
Royal Enfield
निर्मलकुमार थापा

निर्मलकुमार थापा

gibl
gibl
gibl
gibl
निर्मलकुमार थापा
निर्मलकुमार थापा
Tata box 1
Tata box 1

चियापान के हो? बाहाना हो कि! नाइ भन्न नसकेर हो पिउने हो कि! वा तलतल हो यो? चियाको तीनपाते सुइरोमा तीन जिज्ञासा पालुवा बनेर र्यान्डीकोआका सम्मुखमा आएका छन् ‘जुनेली रातमा चिया टिप्ने हातहरुप्रति मोह पलाएर आउँछ।’ उनी हजारका थान पर्समा राखेर करोडको कारोबार गर्छिन्।

र्यान्डीकोआ एक प्रतिनिधी युवती हुन्, जसलाई चिया मन पर्छ र सबैलाई चिया पिउन प्रेरित गर्छिन्। उनको कफी अम्मल पनि छ तर त्यो निकै पातलो छ, फिक्का छ। उनले पिउने गहैं बाक्लो कालो कफीको फर्माइस सानदार किसिमले हुन्छ, अमेरीकानो डबल सट- बिना चिनी।

एकल अर्डरसुत्र हो। चियाका निम्ति भने रङ कडा, चिनी ठिकै, भक्भकि उमाल्ने। नगरमा उनका परिचित चियाग्रामहरु छन्, ती नियमीत छन्। उनी वा उनका अनुयायी, शुभचिन्तक, प्रिय आलुजनहरु अनुपस्थित भए भने स्वयम साहुजी उर्फ मालिक मेनेजरको फोन बज्छ। ‘ओ हो हजुर कता? यहाँ त सुनसान नै भयो तपाइँ नहुँदा। कति बेला आउँदै हुनुहुन्छ?’

युवतीको असली नाम र्यान्डीकोआ हो भनेर असला माछाहरुलाई थाहा छैन, उनीहरु भूरा अवतारमा चिया पसलमा वासा गफ दिइरहेका हुन्छन्। उनीहरुभित्र कस्तो रङको ग्रन्थी मडारिएको छ, युवतीलाई बाल मतलब छैन। सायद उनलाई थाहा छ तर थाहा नपाएको स्वांग जो जीवित छ र अपत्यारीलो नौलो रहस्यमयी स्वभाव विस्तारै चियाको कफसँगै उठ्छ र बस्छ।

उठिरहन्छ... बसिरहन्छ। चिया तातो ठिक हो तर बातको मात लागेका बेला मलाई त चिसो पनि मनपर्छ, गज्जब लाग्छ भन्या। उनी फेरि करोडको वाक्य नगदमा कारोबार गर्छिन् र सबैको ताली पाउँछिन्। उनको करोड देखेर पर्सबाट चियाइरहेको दुब्लो हजार हज गरेर फर्केझैं झोक्राएर बस्छ। कति बेला चियाचर्चा सकिएला र यो गुम्फनबाट निस्केर संसारको सयर गरौला भनि मनमनै बडबडाइरहेको छ।

युवतीको घर इलाम हो, त्यसैले पनि उनको साइनो चियासँग निकै पुरानो हो। उनी जन्मनुभन्दा पहिलेको। उनका बा चिया बगानका कर्मचारी थिए, उनकी आमा चिया टिप्ने श्रमिक थिइन् र दुवै जनाले सम्बन्धको गोलमाल तीनै चियाका थुम्काहरुमा बिसाएका थिए।

पोखिएका प्राणरस टिप्दै दुबैले बिहेको सपना बुनेर र्रयान्डीकोआलाई जन्म दिएका थिए। बेलायतबाट आएका चिया साहुजी रबर्टस ब्रुस मेकेन्जिले नै छोरीको नाम दिएका थिए। त्यसको अर्थ के थियो, कहिल्यै कसैलाई सोधेनन् र थाहा पनि पाएनन् युवतीका बाआमाले। उनीहरुका लागि आम नाम थियो तर बेलायती बगान मालिकले दिएको नाम भएकोले बेलायती सुगन्ध सुँघेर बाँकी जीवन चिया बगानलाई समर्पित गरेका थिए।

र्यान्डीकोआले स्नातक गरेकी छिन्। त्यसपछि थोरै अफिसको काम र धेरै सरहरुसँगको उठबसले उसलाई अन्य अफिसका क्रियाकलाप बारे जान्ने मौका दिएको थियो। ऊ लगभग सबै क्षेत्रका सरहरुलाई चिन्दथी। भन्थी, फलानो सरसँग फलानो ठाउँमा भेट भएको, फलानो सरले यसो भनेको, फलानो सर यस्तो? उसले सरहरुलाई लागेको सरुवा रोगबारे चरीटिप्पणी गरेकी थिई।

सबै अफिसको काम एकै होइन र पात्रका रुपमा काम गर्ने कर्मचारी जो सम्मानित रुपमा सर नामले चिनीन्छन्। उनीहरु एकै होइनन् तर धेरै अर्थमा वा सारमा उनीहरुको व्योहोरा एकै खालको हुन्छ। युवतीको ठम्याइ दुर्लभ थियो। अचुक विवरण थियो, कहि कतै मेल खानजाने परिचित साथी साथीमाझ हात हालाहाल वा क्लेस जन्माउने श्रेय युवतीले पाएकी थिई।

Ncell
Ncell

युवतीको प्रिय चियाग्राम सिनामंगल हो। बागमती किनारामा बसेको सुकुम्बासी वस्ती नजिकै चियाचौतारी छ। ऊ त्यहाँ चिया र चुरोटको छन्द मिलाउन दिनको एकपल्ट त पुगेकी हुन्छे। साथमा कोही नलिई आएपनि उसभित्रको परिचित आश के भन्छ भने, चौतारीमा भेटिने औतारी मित्रहरु हुने नै छन् वा साहुजी त छदैछ, वा नयाँ मित्रहरु पनि भेटिन सक्छन्।

युवतीको अन्यौलतामा घट्ने व्यवहारलाई चाख मानेर स्वाद लिन्छे। उसका निम्ति यस्तो बानी कुलत साबित भइसक्यो। फुर्सद भयो कि चिया चबाउन हिडिहाल्ने। पिउने त एकछिन न हो। वा २।३ कप हो, त्यसपछि हुने बेतुकका कुराकानी उसका स्वादिला व्यञ्जन हुन्। त्यसैको चरमलत परेको छ।

चियाको अम्मल अमनमा परिणत भइसक्दा पनि साथीहरुसँगको बसाईले उसलाई उठ्न दिएको छैन। ऊ अरुलाइ औला चुस्न दिन्छे र चुसाउन पाएकोमा दंग छे। कुनै रात जब एक्लै व्युझन्छे अनि सम्झन्छे छुटेको औलोलाई। सहरका चियाग्रामका भट्टीहरुमा उसको औला चुसेर तृप्त भइरहेका हलेलुआ शरीर ओढेका कंकालको लीला।

यदाकदा सपनामा ऐंठन पर्दा ऊ अरुलाई औला दिएकोमा चिन्तित देखिन्छे तर ऊ आफ्नो अनुहार ऐनामा हेर्न सक्दिन र बिहान नहुँदै बिर्सन्छे। फेरि उसलाई चियाग्रामले बोलाउँछ र ऊ हतारमा लाली पोतेर दौडन्छे।

अर्को नियमित चियाको निम्ति संगमस्थम घैंटे हो। त्यो एकान्तकुनामा छ। साँघुरो कबोलमा ऊ फराकिला कुरा गर्न सिपालु छे। कोही नपाए विदेशबाट फिरेका रैथानेभन्दा माथि उठेका साहुजीसँग बात मारेर आफ्नो ओहोदा कायम गर्छे। हाँस्छे र विषय प्रशंग बाहिरका केही कुरा जोडेर अलप हुन्छे।

उसलाई पर्खिरहेछ शुभचिन्तक अव्यक्त अशुभ आस लिएर। दोबाटोमा चार थान सपनाको गुनेटोपी बुनेर बसेको छ। युवती काकाकुल छे फेरि अर्को सर्को चुरोट पिउन र चिया चबाउन। भेट पहिलेका जम्मै गन्थन एकै श्वासमा सकेर ऊ भोक मेटाउने खाद्यपदार्थको फर्माइस गर्छे। उसको विशेष ख्याल गरिनुपर्छ चाहे चिया होस् वा अन्य खानेकुरा।

म आएको छ भन्दिनु सेफलाई थाहा छ। उसको अन्दाज पुरानो लाग्छ तर ऊ सोचेझैं नूतन ग्राहक पक्कै होइन। घैंटेमा प्रायः युवायुवतीहरुको समूह सलह जसरी आउँदछ। पुरुषहरु खुल्ला अनुहारमा चिया पिइरहेका हुन्छन् र धुँवा उडाइरहेका हुन्छन्। स्त्रीहरु अनुहार ढाकेको अवस्थामा हुन्छन्। कोही स्कार्फ र कोही मास्क लगाएर टाउको जम्मै लुकाएका हुन्छन्। यद्यपि र्यान्डीकोआ सबैलाई चिन्दछिन्। जोडीले पात्र फेरेपनि चिया अड्डामा आउँने नित्यता भने छोडेका छैनन्।

चिया चमेनाका लागि उनको अर्को गन्तव्य हो बसन्तपुर। त्यहाँ उनलाई मुसलमान साहुजी नेबिको खाजा बिस्कुटको साथमा मगमगी बासना आउने चिया पस्कन्छन्। साहुजी भन्छन्– ‘हामी नेपालमा पहिलो हो, यो स्टाइलको चिया बनाउने। खासमा मेरो दिदी छ, उ चियाको बडे फ्यान छ, भाइटिकामा हामी नेपाली मुसलमान पनि टिका लाउँछ, दिदीले लम्बा उम्रको आर्शिवाद दियो, उसलाई म के दिऊ लाग्यो।

पछि कलकत्ता गएको बेला त्यहाँको चिया पिउने चलनलाई नेपालमा ल्याउन मन लाग्यो। अहिले पनि हामी दुध कलकत्ताबाटै मगाउँछ।’ दिदीको मन राख्न चिया सुरु गरेपनि उनको पसल भविष्य छोप्न हिँडेका युवाहरुको अनिवार्य धाम हो। नेपाल मुश्लीमहरुको बसाइ संसारी धर्मभिरुभन्दा नमुना गर्न लायकको छ।

मालिक भाइजानसँग र्यान्डीकोआको मित्रता छ। दुवै चिया र चुरोट सँगसँगै पिउँछन् र आयु सकाउँछन्। दुबैलाई लाग्दो हो, हिड्ने बाटो एकै भएपछि गन्तव्य पनि एकै होला। कान्तिपुरको अनुहारमा कान्ति ल्याउँने एक्लो स्थान बसन्तपुर हो, हनुमानढोकालाई स्वागत गर्न बसेका दुई बाघको सम्मुखमा चिया पसः छ। भीडभाड भइरहने चिया क्षेत्रमा मान्छे हेर्न र देखिनका लागि भए पनि आउँछन् र शरीर- दृष्य स्पर्शको मज्जा लिन्छन्।

अंकमाल गर्ने, हात मिलाउँने, काँध हल्लाउँने, नाडी समाउनेहरुको युवाजमातमा नमस्ते दुर्लभ भएको छ। कोही पनि नमस्कार गर्दैनन्, युवती पनि आफ्ना साथीसंगीलाई, ओई के छ? भन्ने हो। फेरि बोल्नुपर्यो भने सन्चै छस् भन्ने हो। त्यसपछि त मुल विषयमा प्रवेश भइहाल्यो।

युवती आफूलाई अरुले कलियुगकी कालीको रुपमा जानुन् भन्ने चाहाना राख्छे। उसको एकाग्रता एक्ली जीवित देवी कुमारीमा छ। सधैंसधैं झ्याँलबाट संसार चियाउने देवीको दैलोमा बसेर धेरैपल्ट चिया चपाएकी छे, नियालेकी छे। प्रथम रजस्वलापछिको स्वतन्त्र जीवन चाहार्ने उन्मादको पूर्ण प्रयोग गर्न यस कलियुगमा काली बनेर नगरका चिया पसलहरुलाई आफ्नो शशरीरि उपस्थितीले उर्जा प्रदान गरिहेकी छे।

उसकै भाषामा, म रिचार्ज गर्न आउँछु यिनी चिया पसललाई र चियाका पारखीहरुलाई। र्यान्डीकोआको स्वस्फूर्त विचारको स्टेरिङ कालिकास्थानको चौतारो नजिक रहेको अमुकशाला शुद्ध भकभकी बिजुली मेसिनमा पाक्ने पेयस्थल हो। उसलाई कालिकास्थान आफ्नै नामबाट कुँदिएको जस्तो लाग्छ र अन्य चिया अड्डाहरुका तुलनामा धेरै शुभचिन्तकहरु चिन्नेजान्ने ठाउँ हो।

त्यसैले कहि नजाऊ भन्ने भाव न्युट्रल अवस्थामा रोकिएका बेला अनायास त्यही जान्छे। भोगटेको रुखमुनि लहरै राखिएका कुर्सी स्टुल पन्छाउँदै माझमा रहेको बाटुले टेबलमा सामल बिसाउँछे र चारैतिर आँखा दौडाउँछे। कहिले कहिले दुध चियाबाट वाक्वाकी भएकाबखत ऊ लेमन टि पिउछे तर चारैतिरको मोहक वातावरण त्यही हुन्छ।

चारैतिर देखिने सदृष्यमाथि नजर दौडाउँनु उसको स्वस्फूर्त कर्म हो। नजिकै रहेको अर्को टेबलमा होनहार युवाहरु लखतरान परेर तिघ्रा ठटाउँदै, कपाल मिलाउँदै, नङ टोक्दै मोबाइलमा पबजि खेलिरहेका छन्। कुनै जोडि लुडो खेलिइरहेका छन्। कोही अधवैशे समूह पूर्पुरोमा हात लाएर खुइलिदै गएको तालु कन्याइरहेका छन्। केही युवाहरु टेबलमा राखेको खाली पानीको बोतलसित कुरा गरिरहेका छन्, कोही हातमा चाबी खेलाइरहेका छन्।

टेबलमा बडेमानको एस्ट्रे छ। चुरोटको खरानी भरिएर बाहिर छरिएपनि कसैले उठाउने जाँगर देखाएको छैन। युवाका हातहरु खिल्ली सकिएपछिको खाली बट्टालाई च्यातेर टुक्राटुक्रा बनाइ सरकारले अनिवार्यरुपमा राख्न लगाएको रोगी फोक्सो र मुखको चित्रलाई ध्वस्त बनाईरहेका छन्। प्रतिशोधको अनौठो शैलीले उनीहरुलाई शान्त पारीरहेको छ।

प्रायः युवाहरु सिभिल ड्रेसमा छन्, चप्पल लाएर अनौपचारिक पोशाकमा छन्। र्यान्डीकोआलाई सबै अनुहार परिचित लाग्छन्, चपाईएका अनुहारहरु जस्ता। युवतीलाई चौतारीमा देखिने–गफिने सबै पुरुषहरु फिक्का लाग्छन्। साहुजीले कपालमा नरिवल तेल हाल्दै गर्दा उम्लिरहेको चियामा चिनी हाल्न बिर्सेजस्तो। आँखामा कुनै स्वाद छैन तर ऊ चारैतिरको वातावरण नियाल्दै परिचित कोही आउलान् र बोलौला भनि आफू बसेको टेबल वरिपरि खाली कुर्चिहरु मिलाएर राखेकी छे।

आगन्तुक को हुनेछन् थाहा छैन तर ऊ मलिलो पर्खाइ समाएर भोगटे हेर्दै सदाबहार गुन्जीरहने बिम्ब प्रतिबिम्ब गुनेर बसिरहेकी छे।

युवतीका यायावर कहानीहरु अनेक छन्। उसको अर्को प्रिय चिया अड्डा बानेश्वरमा छ। शंखमुलतर्फ जाने ओरालोमा उ प्रायः भेटिन्छे। उसका केटी साथीहरु कमै छन्। धेरै केटाहरसँग हिड्दा आफूलाई सुरक्षित र अनुकूल ठान्छे ऊ।

ऊ भन्छे- ‘सँगै बसेकी केटीलाई चिया अर्डर गर न भन्यो भने, लाज संकोच मानेर जानै मान्दिन। अर्को टेबलमा भएको नेप्कीन वा पानीको जग तान् भन्यो भने अनेक नखरा बनाउँछे तर केटा साथी छ भने ऊ अर्डर होइन हातमै चिया बोकेर हाजिर हुन्छ, पल्लो टेबलको जग होइन् पूरै टेबल उठाएर ल्याउँछ वा दुई हातले सत्कारस्वरुप पानी अदा गर्छ।’

र्यान्डीकोआको फर्मान स्टाइल संस्कारी हुकुमी शैलीबाट प्रभावित भएको लाग्छ। पुरुष र स्त्री साथीमाझको फाइदा बेफाइदा सिलोटमा राखेर बाघचाल खेल्छे र सबैलाई विस्मृत बनाउँछे। चिया, चुरोट र चुइगमको समागमपछि उ सारा दिन सकाउँछे र साँझपख मिठो सकिएको चुइगम फाल्दै बोझिलो बटवृक्ष बोकेर घर फर्कन्छे।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १५:२५
सिफारिस
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद
आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद
सिस्ने हिमालले १२ वर्षदेखि कुरेको अन्तिम फैसला!
सिस्ने हिमालले १२ वर्षदेखि कुरेको अन्तिम फैसला!
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

छोरी!
प्रिय गाउँ, तिमीलाई पुरानै स्वरूपमा हेर्न मन छ!
बसमा भेटिएको अपरिचित मानिस!
सम्बन्ध!
उद्रिएका सपनाहरू!
अब यो देश कविले बनाउँछ!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP