जेन्जी जागरणको गर्जन चल्यो
कलिला युवाको सपनामा गोली बल्यो
निर्दयी बन्यो शासन सत्ता
न बुझ्यो आवाज, न चिन्यो सत्ता।
जेन्जी जाग्यो, न्याय खोज्दै
सडक ओर्लियो, भ्रष्टाचार अन्त्य भन्दै
गोली चल्यो, गल्ती बिना
गयो जवान, गुम्यो सपना।
कलिला छाती चिसो बने
कानुन ओकल्दा गोली रोपे
सरकार चुप, जनता रुन्छ
सत्य बोल्दा स्वरै कुहिन्छ।
घुसपैठले गाँज्यो सडक
हिंसा आगो लागी भयो गलत
न्यायको मन्दिर पनि ढल्यो
प्रशासनको केन्द्र सिंहदरबार ढल्यो।
ढले सम्पदा, जले घरबार
व्यक्तिगत पीडा जताततै तारनतार
जले अनेकौँ निर्दोष बालक
कल्पना गरौँ के भयो आमाको हालत!
तर...
शान्तिको कामना अझै बाँकी छ
मनमा आशाको ज्योति बाँकी छ
गरौँ सबै मिलेर प्रार्थना
शान्त रहोस् हृदय, जागोस् चेतना।
देश रहे हामी रहनेछौँ
हामी रहे देश बन्नेछ
यही छ हाम्रो बाचा केवल
यही हाम्रो एकताको देवल।
जय शान्ति, जय आवाज
जय युवा, जय समाज
गरौँ सबै एक स्वरमा घोषणा
जय जय देश हाम्रो प्राण।