Ncell
Setopati
x
Gyan
Setopati
x
Gyan
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, चैत ७, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

पश्चतापको आगो

Royal Enfield
Royal Enfield
हिमा उपाध्याय

हिमा उपाध्याय

gibl
gibl
gibl
gibl
हिमा उपाध्याय।
हिमा उपाध्याय।
Tata box 1
Tata box 1

मलाई कामको सिलसिलामा बुटवल जानु थियो। घरबाट म बुटवल जान्छु, साथीहरु पनि छन् भनेर आमासँग भनेँ। आमाले बुवालाई सोध् फेरि रिसाउनुहुन्छ भन्नुभो। मैले डराई-डराई बुबासँग सोधेँ- ‘बुवा मलाई बुटवल जानु थियो, म जान्छु है। पर्सि फर्किन्छु।’

कोसँग बुवाले भन्नु भो। ‘प्रदीप, किरण र राजिव छन्। गाडी खाली पनि छ आफ्नो गाडी लानुपनि पर्दैन, बुवा म जान्छु है?’

‘पर्सी फर्किहाल्नु है’ बुवाले आदेशसँगै अनुमती दिनु भो। म खुसीले गद्गद् भएँ। धेरै समयदेखिको मेरो राजिवसँग यात्रामा रहेर मायाका अनुभूतिका अव्यक्त भावहरुका साथ यात्रा गर्ने रहर जो थियो, पूरा हुनेवाला थियो।

म आफ्नो हेण्ड ब्याग मात्र बोकेर तल झर्दासम्म उनीहरु सबैजना गाडीमै मलाई कुरीरहेका थिए। पहिला नै किरण गाडी चलाउने, प्रदीप अगाडि सिटमा थिए भने पछाडि राजिव बसेको थियो।

‘म पछाडि बस्ने?’ मैले भनेँ। किरण बोल्यो, ‘सोधेको हो कि अनुमती लिएको?’ प्रदीपले साथ दिँदै हाँस्यो। राजिवले ढोका खोलीदियो। म र राजिव पछाडि भयौँ तर कोही कसैसँग नबोली मौनतामै रह्यौँ।

‘कतै साइड लगाउ न है किरण, केही खानेकुरा लिएर जाउँ,’ मैले भनेँ। किरणले गाडी साइड लगायो। म ओर्लेर केही खानेकुरा लिएर सिटमा बसेँ। ‘तिमीहरु केही नलाने?’ मैले सोधें।

‘म त खाने,’ राजिव बोल्यो।

‘के खाने?’ मैले भनेँ।

‘तिमीसँग भएको,’ उसले गहिरिएर अरुले नसुन्ने गरी साउती मारेर बोल्यो मेरो कानैमा। म थोरै लजाय झैं गरेर उसलाई हेरेँ। उसले मलाई मायाले हेर्यो। म रातो पिरो भएँ। धड्कन जोड-जोडले धड्कन थाल्यो, उसले सिटको बीचको सिमारेखा मिलाउदै ‘खान पाएँ…’ बोल्यो।

Ncell
Ncell

म केही बोल्ने शब्द नपाएर आगोको नजिकै पग्लीरहेकी थिएँ। धार्केको ओरालोमा गाडी विस्तारै आफ्नै गतिमा अगाडि बढीरहेको थियो, प्रदीपले सुन्तला दिँदै बोल्यो ‘लौ यो तिमीहरु दुई जना बाँडेर खाउ।’

मैले नखाने भनेँ। राजिव फ्याट्ट बोल्यो ‘म पनि नखाने।’

‘नाटक’ मैले भनेँ। ‘खुब’ उसले भन्यो।

आगोलाई के थाहा, नजिक भएका चिजहरु गल्छन्, जल्छन् र पग्लन्छन् भन्ने तर उसको काम त उ कसैले चाहेर वा नचाहेर पनि गरी नै रहन्छ र उसले पनि नजिकको चिज पग्लीएको छ भन्ने कुरा थाहा पायो या पाएन त भनेर बुझ्न खोजिनँ र खोज्ने अवस्था पनि थिएन।

किनकी उ र म दुवै एक अर्काका लागी थिएनौँ तर साँचो कुरा के थियो भने जतिसुकै पद, प्रतिष्ठा र पैसा भएको भएपनि यो माया, सम्बन्ध र आशक्ति योभन्दा टाढा रहँदो रहेछ। उसका पनि सोचेका जस्ता सन्तान, साक्षात देवी जस्ती पत्नी, पुस्तौं पुग्ने सम्पत्ती, के थिएन र छैन उसँग? उसो त मेरो पनि उसको भन्दा कम थिएन जिन्दगीलाई रङ्ग्याउने रङ्गहरु तर पनि जब-जब मौका मिल्छ, हामी एक-अर्कामा पनि अपूर्ण थिएनौँ।

हुन त मेरो पनि प्रेम विवाह नै हो र पनि विवाहभन्दा अगाडि या विवाहपछिका कुनै पनि दिनमा सामाजिक मान्यतालाई चुनौती दिनेगरी कुनै पनि कुरामा म आफ्नो मनलाई डग्मगाउन दिइनँ र दिएकी पनि छैन। तर उ मेरा यी सिद्धान्तभन्दा माथि छ र त उ मेरो बेनामी, बेनाताको साथी छ।

यसो भनीरहँदा यस्ता अवसर नआएका पनि होइनन्, सर्वगुण सम्पन्न र पदीय फाइदा लिएर अरुसँगका सम्बन्धमा पनि रहने अवसर प्रायः त आइनै रहन्थे तर कुनै पनि सम्बन्धमा आशक्त नभएको म उसको खै के बास्नामा गएर नतमस्तक भयो भनेर म आफैले पनि बुझ्न सकेकी छैन र उसलाई अझैंसम्म मलाई जस्तै भाको छ छैन भनेर सोध्ने आँट गरेकी पनि छैन।

त्यसैले यो यात्रा त केबल बाहाना मात्र थियो। उदेश्य थियो त उसको समीपमा रहने अवसर जसले म उसलाई मप्रतिको मेरो भावनाहरु बुझ्ने अवसर दिउँ र बुझाउँ।

बिहानको उदाउँदो घाममा बसे भिटामीन प्राप्त हुन्छ मानव शरीरलाई भनेर भन्ने गर्नुहुन्थ्यो मेरी आमा तर मलाई त्यही उदाउँदो सूर्यको अनुभूति गर्दै उसको सामिप्यताले भिटामिन प्रवाह गरेको आभाष भैरहेको थियो। मन त्यसै त्यसै फुरुङ्ग थियो।

भौतिक परिचय बोकेको कसैकी छोरी, आर्धाङ्गिनी र आमाभन्दा टाढा एकान्तमा कसैकी प्रियसी भएर उसको समीपमा उसको मायाको सागरमा डुबुल्की मार्दै थिएँ म। गाडीमा गाह्रो हुन्छ भन्ने थाहा पाएर नै उ मसँग बसेको रहेछ।

‘गाह्रो भए भन है। किरण विस्तारै चलाउ है आस्मीलाई गाडीमा गाह्रो हुन्छ, बरु पालो-पालो चलाउला। तिमीलाई एक्लै यति लामो बाटो बोर लाग्ला’ एकै पटक उसले भन्यो।

उसको म प्रतिको माया, सद्भाव र केयर देखेर मनमनमा खुसी लाग्यो र भने थ्याङ्क यू।

‘नो थ्याङ्क यू’ उसले भन्यो, ‘थ्याङ्क यूले हुँदैन मलाई त’ उसले भन्योर

‘के चाहिन्छ त?’ मैले नबुझे झैं गरेर सोधेँ।

केही बोलेन उ, लाग्थ्यो उसले मलाई मौनता मै पढ्न चाहन्थ्यो र मौनता मै मलाई मायाको पाठ पढाउन चाहन्थ्यो। गाडीमा बस्ने वित्तिकै भमीट हुने मान्छे मलाई थाहा छैन किन हो, पुतलीसडकबाट त्रिशुलीको किनारसम्म आइपुग्दा पनि गाडीमा स्वर्गीय आनन्द महशुस भैराथ्यो।

लाग्थ्यो कि यसैलाई भनिन्छ स्वर्ग जाने बाटो। यत्तिकै आनन्दलाई भनिन्छ स्वर्ग। यस्तै यस्तै सोचाइको पोखरीमा पौडीरहेकी म कतिबेला उसको काँधमा आफ्नो टाउको अड्याउन पुगेछु। उसले मेरा केसहरु सुम्सुमाएर लाग्थ्यो गनीरहेको छ। यसरी एकाग्र थियो कि गाडी रोकेर प्रदीप र किरणले खाजा अर्डर गरेर खाजा खान आउ भनेर बोलाउँदा उ झस्किएर जुरुक्क उठेको बाहाना गर्दै बोल्यो ‘भुसुक्कै निदाएछु।’

‘तिमी के खाने?’ मलाई सोध्यो उसले। म केही नखाने बताएँ।

‘केही खाउ, खाली पेटमा झन् गाह्रो हुन्छ।’

उसले मायाको पोकोमा खानेकुरा पोको पारेर मलाई पुर्याइदिएको आभाष भैरहेको थियो। मन बृन्दावनमा उसँग हात समाएर एक-अर्कालाई चुम्दै रमाउदै डुलीरहेको, उसले मलाई मनभरीको माया दिएको म पूर्ण भैरहेको सपनाको संसारबाट यो वास्तविक संसारमा झर्ने बेलासम्म उनीहरु खाजा खाइवरी गाडीमा बसीसकेका थिए भने ड्राइभरको जिम्मा उसले लिएछ।

भन्न मन त थियो नि- आउ, तिमी मसँगै बस र पनि केही भनिनँ र भनिनँ उसको आडको सिटमा म बस्छु भनेर पनि। बस नजिकै आएर किरण बस्यो शान्त, शालिन र भद्र किरण। कसैसँग तुलना गरे उसमाथि अन्याय होलाजस्तो थियो।

मिलेको शरीर, ठूला-ठूला काला आँखा, अग्लो न अग्लो, गोरे न गोरे, जिमखानामा प्रत्येक दिन कसरत गरेको जस्तो फिट उसको जीउडाल देख्दा जो कोही पनि लठ्ठ भैदिने। उ वास्तवमा सोझो थियो। जब सिटमा म एक्लै भएँ तब मलाई टाउको रिङ्गाउन थाल्यो, भमिट होला जस्तो भो।

यो त सब भएको मात्र थियो, थियो त उसलाई आफ्नो सिटमा नपाएको एक्लो यात्रा गर्नु पर्दाको पीडा जुन न म व्यक्त गर्न सक्थेँ न उ अरुलाई व्यक्त गरेर म सामु आएर बस्न नै सक्थ्यो।

‘भमिट होला जस्तो भयो, विस्तारै चलाउनु न गाडी’ मैले भनेँ।

‘बाटोभरी ब्रेकर छ, त्यसैले हो’ उसले भन्यो।

‘एकछिन रोक्नु न, गाह्रो भो’ मैले भनेँ। उसले गाडी रोक्यो र झरेर मेरो ढोका खोलीदियो। म अलि टाढा गएर भमिट गर्न खोजेँ तर भमिट भएन। उ आयो र खै टाउको समाइदिन्छु भमिट गर्न सजिलो हुन्छ भनेर टाउको समाइदियो।

उसको स्पर्ष नै काफी थियो त्यो भमीट रोक्न। एकछिन टाउको मालिस गरीदियो र जाउँ अबेर हुन्छ, विस्तारै चलाउछु भन्यो। मन त थियो तिमी नभएर आएको भमिट हो, तिमी मसँग भए आउदैन तर पनि भनिनँ, भन्न मन लागेन।

फागुनको महिना दिनमा पारिलो घाम लागे पनि साँझ बिहान चिसो नै थियो। रातको करिब ८ बजेको थियो होला, बाटोभरी झिलीमिली बत्ती बालेर गाडीहरु रफ्तारमा आ–आफ्नो गन्तब्यमा पुग्नलाई तल्लीन देखिन्थे। ती गन्तब्य भेट्न तल्लीन गाडीको त के थियो र, वेग जति उसको समीपमा भएरै पनि उसँगै खुसी हुन पाएकी थिइनँ मैले।

मेरो अतृप्त चाहानाका वेगहरु सामुन्द्रीक शक्तिशाली छालभन्दा पनि बेगमा थियो। फरक यत्ति थियो कि सामुन्द्रीक बेगले बाह्य चिजलाई असर गर्थ्यो भने मेरो मनका बेगले मलाई गलाई रहेको थियो। म आफ्ना अतृप्त सामुन्द्रीक छाललाई रफ्तारमा कुदाएर जब च्याप्प ड्राइभ गरिरहेको उसलाई समाएर आफूतर्फ योवनको चुम्बकीय शक्ति लगाएर तानेँ, त्यसपछि होसमा आउदा अस्पतालको बेड नं. २०३ मा थिएँ।

मलिन अनुहारका सन्तान र सन्तानका पिताले रोइरोइ थाकेको चेहरा लिएर कसैले पैताला त कसैले हात मालिस गरीरहेका थिए। के भाको हो, मैले सोध्न नपाउदै उहाँले भन्नु भो, ‘थ्याङ्क गड, मेरा सन्तानलाई टुहुरा हुनबाट जोगायौ। यी मेरा लालाबालासँगै मलाई टुहुरो हुनबाट जोगायौ। तर दुःखको कुरा, ती तीन होनाहार छोरा देशले गुमायो।’

यति भनीरहँदा म पश्चतापको आगोमा जली नै रहेँ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १२:२८
सिफारिस
१२ वर्षमा पेट्रोलियमको मूल्य कति भयो उतारचढाव, के अहिले निर्माण बिदाको समय हो?
१२ वर्षमा पेट्रोलियमको मूल्य कति भयो उतारचढाव, के अहिले निर्माण बिदाको समय हो?
मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को?
मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को?
के हो विश्वलाई आश्चर्यमा पार्ने चिनियाँ विकासको मोडल?
के हो विश्वलाई आश्चर्यमा पार्ने चिनियाँ विकासको मोडल?
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

फुल टाइम गिटारिस्ट!
छोरी!
प्रिय गाउँ, तिमीलाई पुरानै स्वरूपमा हेर्न मन छ!
बसमा भेटिएको अपरिचित मानिस!
सम्बन्ध!
उद्रिएका सपनाहरू!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP