सपना बोकी आएँ म सहर
पूरा गर्न बा-आमाको रहर 
गर्नु छ मलाई धेरै पढाइ 
आएका सपनासँग लडाइँ। 
छाडी आउन मन थिएन तराई 
आफन्तसँग हुन पराई 
प्रतिस्पर्धी धेरै यहाँ गर्न तयार छु लडाइँ 
एकदिन घर फर्कने छु बाआमाको इज्जत बढाई। 
चल्नु छ यहाँ अवस्था हेरी 
समयसँग रंग फेरि 
अझै याद छ बा-आमाले अन्तिम पटक भनेको 
धनी होइन, ठूलो मान्छे हेर्नु छ बाबु तिमी बनेको। 
कोही छैन आफ्नो ठान्ने 
सबै जना खुट्टा तान्ने 
बिरानो सहर यो बिरानो ठाउँ 
बेग्लै पहिचान बोकी बनाउने छु नाउँ(नाम)।
अविकसित नै छ अझै मेरो सुन्दर त्यो गाउँ 
सपना बोकेको छु बनाउने सुबिधा सम्पन्न ठाउँ 
शिक्षाको स्तर उकास्नु छ मेरो गाउँमा अझै 
कोही सहर आउन नपरोस् शिक्षाको लागि म झैँ।