केही माग्न मन छ आज मलाई, सुन न ईश्वर 
जस्को अगाडि झुक्न पनि तयार छु म समान्य किशोर 
मन भित्रको त्यो दु:खद भावनालाई लुकाइ 
तिम्रै शरण आएको छु आज यो शिर झुकाइ।
प्राणभन्दा प्यारा मेरा आदरणीय गुरु 
जाँदै हुनुहुन्छ आज हामीलाई रुवाइ धुरुधुरु 
जीवनको कुनै मोडमा भेट्ने वाचा गर्दै 
छाडी जाँदै हुनुहुन्छ, कतै मिल्ने आशा छर्दै। 
गुरु बिना त कलेज एउटा सुनसान भवन लाग्छ 
सक्छौ भने फर्काइ ल्याइदेऊ ईश्वर, यो मनले मेरै गुरु माग्छ 
गुरुले पढाइ मात्र हैन जीवनको अर्थ सिकाउनु भयो
उहाँसँगका ती सब पल अब सम्झना बनिगयो। 
उहाँ गुरु मात्र नभई, हुनु हुन्थ्यो मेरो साथीसंगी 
+२ तहको जीवन बनाउनु भयो रंगीचंगी 
म उहाँकै मार्ग पछ्याउँदै, बढ्दै छु अघि 
उहाँबाट सिकेको कुरा लागु गरे, भाग्यले नि गर्न सक्दैन ठगी। 
म रथ हुँ अनि उहाँ मलाई डोहोर्याउने चक्का (पाङ्ग्रा)
आज उहाँले कलेज छोड्ने कुरा गर्दा लाग्यो ठूलो धक्का 
म मान्दिनँ भन्छु तर, उहाँले कलेज छाड्ने रहेछ साँचो
ममाथि आकाश खस्यो, कसरी पूरा हुन्छ उहाँको खाँचो?